यी रोग र कपालको सौन्दर्यको लागि गुणकारी अमला
बैशाख ३० । अमला एउटा फल हो । अमिलो र अलि अलि टर्रो स्वाद हुने अमला स्वास्थ्यको दृष्टिकोणले धेरै गुणकारी रहेको छ । अमला सजिलै जहाँ पनी प्राप्त गर्न सकिने एउटा फल हो । अमला भन्न बित्तिकै हाम्रो मुखबाट पानी आउँने हुन्छ । यो अमिलो टर्रो भएपनी यसकाे स्वाद मिठो हुन्छ ।
यसले हाम्रो स्वास्थ्यमा तँ फाईदा पुर्याउँछ नै तर यसको प्रहयोगले सौन्दर्यमा पनि फाईदा पुर्याउँने हुन्छ । यो स्वादको लागि मात्र नभई यसको प्रयाेगले बिभिन्न रोगहरु समेत निको पार्न वा सौन्दर्य बढाउँन सहयोग गर्दछ । ती रोगहरु र सौन्दर्यकाे बारेमा तल बताईएको छ ।
null
रगत बग्नेरगत बढी बग्ने समस्या जस्तैः नाथ्री फुट्ने, महिलाको रक्तप्रदर ९महिनावारीमा बढी रगत जाने०, अलकाईको रक्तश्राव आदि समस्यामा अमलाको सेवन बढी गर्दा रक्तश्राव हुने क्रम घट्छ ।
शरीरको गर्मीपना हटाउनजिउ बढी तात्तिने, मुख सुक्ने वा हातगोडा पोल्ने भएमा त्यसबेला अमला भिजाएर पानीमा थोरै मिश्री राखी खाँदा लाभ मिल्छ ।
कब्जियतअमलाको सुकेको धुलोमा हर्रो र बर्रोको धुलो बराबर मिसाई एकदुई चम्चा सुत्ने बेलामा खाँदा बिहान दिसा खु्ल्छ । सुकेको अमलाको चूर्ण नियमित रूपमा पानीसँग सेवन गर्दा आउँ, अपच र कब्जियतमा फाइदा गर्छ ।
अरुचिदिनको दुईतीनवटा ताजा अमला खाने वा बिहान बेलुका खाना खानुअघि आधादेखि एक चम्चा सुकेको अमलाको चूर्ण खाँदा भोक लाग्छ ।
आँखाको दृष्टिशक्ति बढाउनअमलाको सुकेको चूर्णमा गाईको घ्यु वा मह मिसाई राती सुत्नुअघि नियमित सेवन गर्दा आँखा तेजिलो हुन्छ । मोतिविन्दु वा आँखाको अरू रोग भएमा ताजा अमलाको रस आधादेखि एक चम्चा दिनहुँ महमा मिसाई चाट्ने अथवा सँधै आँखालाई सुकेको अमला वा त्रिफलाको पानीले धुने गरेमा आराम हुन्छ ।
स्वास गन्हाउनेअमलाको चूर्णले दाँत मल्ने, अमलाको पानीले कुल्ला गरेमा स्वास गन्हाउने समस्या हट्छ । केही समयसम्म अमला पनि नियमित रूपले खाने गर्नुपर्छ ।
भिटामिन सीको कमी पूरा गर्नअमला भिटामिन सीको प्रमुख स्रोत हो । त्यसैले यसलाई भिटामिन सीको भण्डार पनि भनिन्छ । भिटामिन सीको अभावमा स्कर्भी, छालाका रोग, रक्तनली र मुटुका रोग हुन सक्छ ।
चिलाउने समस्यासुकेको अमलाको चूर्णमा तोरीको तेल वा चमेलीको तेल मिसाई छालामा लगाउँदा चिलाउन कम हुन्छ ।
कपालको चायाको लागिहप्तामा एकदुईपटक अमलाको चूर्ण वा त्रिफला चूर्ण पानीमा भिजाई टाउकोमा रौंको जरासम्म पुग्ने गरी मालिश गर्ने र त्यसपछि त्यसकै पानीले टाउको धुने गर्दा चाया पर्न छाड्छ ।
कपालको सौन्दर्य बढाउँछअमलाको धुलोलाई पानीमा एक रातभर भिजाएर भोलिपल्ट कपालको जरामा लगाउँदा कपाल कालो, लामो, स्वास्थ्य हुनुको साथै कपालको चमक बढाई दिन्छ ।