बर्थिङ सेन्टर भवन निमार्णपछि सुत्केरी गराउँन सहज

पुस ६, लम्की । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा रहेको स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर भवन निमार्ण भएपछी सुत्केरी गराउँन सहज भएको छ । बिगत ५ वर्ष अघिदेखि स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको स्थापना गरिएपनि एउटै कोठामा संचालित बर्थिङ सेन्टरबाट सुत्केरी महिलालाई सेवा दिन समस्या रहेको थियो । 

गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, सेवक नेपालको कार्यन्वयन र बर्दगोरिया गाउँपालिकाको समन्वयमा बर्थिङ सेन्टरका लागि ४ कोठे पक्की भवन बनेपछि अहिले बर्थिङ सेन्टरमा स्थानीयहरुको आकर्षण बढ्न थालेको छ । बर्थिङ सेन्टर निमार्णपछि नियमित गर्भ परीक्षण तथा स्वास्थ्य संस्थामा प्रस्तुती गराउने महिलाहरुको संख्यामा वृिद्व भएको छ । 

बर्थिङ सेन्टरको भवन निमार्ण भन्दा पहिले नाम मात्रको बर्थिङ सेन्टर थियो , एउटै कोठामा सुत्केरी महिला, त्यसैमा स्वास्थ्यकर्मी, त्यसैमा गर्भवती जाँच र सुत्केरी भइसकेका महिलाहरुलाई पनि एउटै कोठामा राख्नुपर्ने बाध्यता थियो तर बर्थिङ सेन्टरको आफ्नै छुट्टै भवन बनेपछि अहिले ति समस्याहरुबाट मुक्ति मिलेको कोटातुल्सीपुर स्वास्थ्य चौकीका निमित्त इन्चार्ज तारा शाही बताए । बर्थिङ सेन्टरका ४ कोठालाई अहिले सुत्केरी गराउने, गर्भवती जाँच गर्ने, परिवार नियोजन सम्बन्धी परामर्श सेवा दिने र सुत्केरी भइसकेका महिलाहरुलाई राख्ने व्यवस्था गरिएको निमित्त इन्चार्ज शाही बताउँछन् । यसअघि स्वास्थ्य चौकीमा भवनकाृे अभावमा भरपर्दो र प्रभावकारी प्रसुती सेवा नहुँदा सुत्केरी महिलाहरु र शिशुलाई बिभिन्न किसिमका संक्रामण हुने गरेको स्वास्थ्य चौकीमा कार्यरत अनमी सुमित्रा रावत बताउछन् । 

null

बर्थिङ सेन्टरको भवन निर्माण भएपछि सेवाग्राहीको गोपनियता कायम गर्न सजिलो भएको छ भने स्वास्थ्यकर्र्मीाई सेवा प्रदान गर्न समेत सहज भएको अनमी रावत बताउँछिन् । गुड नेवर्स इन्टरनेशनल नेपालको ७ लाख ९७ हजार नौ सय ६६ रुपैया, बर्दगोरिया गाउापालिका वडा नम्बर ६ को २० हजार र समुदायको एक लाख ८७ हजार २ सय ७९ रुपैँया लगानी गरी कुल १० लाख ५ हजार २ सय ४५ रुपँैया बराबरको लागतमा २०७५ साल जेठ १५ गते निर्माण सम्पन्न भएको बर्थिङ सेन्टर भवनको २०७५ साल अषाढ १० गते उद्घाटन गरिएको सेवक नेपाल कैलालीका प्रेम चौधरीले जानकारी दिए । 

बिगतमा भवन नहुँदा २ जना सुत्केरी महिलालाई सँगै सुत्केरी गराउँन धरै समस्या थियो । बर्थिङ सेन्टर भवनको उद्घाटन भएयता सेन्टरबाट करिब पाँच महिनामा एक सय दुई जना महिलाले सुत्केरी सेवा लिइसकेका छन ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *