कर्णाली दुुर्घटना अपडेटः बेपत्ता यात्रुको हेलिकोप्टरबाट खोजी गरिँदै

 

असार ३, काठमाडौं । कर्णाली नदीमा जीप खस्दा बेपत्ता भएका यात्रुहरुको हेलिकोप्टरबाट खोजी कार्य सुरु गरिएको छ । 

हुम्लाको खार्पुनाथ गाउँपालिका हुँदै जिल्ला सदरमुकाम हिँडेको लु१ज ७१६६ नम्बरको जीप बेडुबिसौना भन्ने ठाउँमा पुग्दा मंगलबार दिउँसो सडकबाट कर्णाली नदीमा खस्दा त्यसमा सवार यात्रु बेपत्ता भएका छन् । 

null

घटनाको जानकारी प्राप्त भएको २ घण्टा बितिसक्दा पनि खार्पु गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमाल शाहीसहित जीपमा सवार १० जनाको केही पत्ता लाग्न सकेको छैन । 

मंगलबार दिउँसो करिब साढे १२ बजेतिर जीप कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ । 

बेपत्ताहरुको खोजीमा २ वटा हेलिकोप्टरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी जुटेका छन् । 

थप विवरण आउन बाँकी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *