नायिका प्रियंका कार्कीले गाइन् गीत, भिडियाे सार्वजनिक (भिडियाेसहित)

 

पुस ११, काठमाडौँ । नायिका तथा मोडेल प्रियंका कार्की अब गायिका बनेकी छिन् । उनको स्वरले सजिएको नयाँ गीति भिडियो सार्वजनिक भएको छ । 

सिनेमा ‘अनागत’ को माघ ११ गते प्रदर्शन मिति घोषणा गरेसँगै निर्माण टिमले पहिलो गीत ‘कसलाई पोखूँ’ सार्वजनिक गरेको हो । 

null

गीतमा प्रियंका कार्कीसँगै सुरजसिंह ठकुरीले स्वर भरेका छन् । गायक ठकुरी र साम्तेन भुटियाको शब्द रहेको गीतमा सुरजकै संगीत रहेको छ । 

साम्तेन भुटिया निर्देशित सिनेमामा अर्पण र प्रियंकासँगै प्रविण खतिवडा र रोशिन सुवेदी पनि मुख्य भूमिकामा छन् । सिनेमामा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया स्वयं निर्माता रहेका छन्। 

 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *