प्रदेश १ सरकारद्वारा लोकसेवा गठनका लागि स्वीकृति प्रदान

 

चैत ४, विराटनगर । प्रदेश नं. १ सरकारले प्रदेश लोकसेवा आयोग गठनका लागि विधेयक निर्माण गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश लोकसेवा आयोग गठनको लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले जानकारी दिए । 

साथै मुख्यमन्त्री ग्रामीण सडक सञ्चालन कार्यविधि २०७५ को प्राविधिक शब्दावलीमा संशोधन गर्ने समेत निर्णय गरिएको उनले बताए । सरकारले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम पहिलो संशोधन पनि स्वीकृति गरेको छ । प्रदेश सरकारले आफ्नै वार्षिक क्यालेण्डर बनाउने निर्णय गरेको छ । 

null

बैठकले प्रदेश आर्थिक कार्यविधि विधेयक निर्माण गर्न स्वीकृति प्रदान गरेको छ । होली पर्वको अवसरमा पहाडी क्षेत्रमा दिइने बिदालाई सच्याउन संघीय सरकारलाई अनुरोध गर्ने समेत बैठकले निर्णय गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *