नयाँ बेन्चमार्क स्थापित गर्ने ओपोको लक्ष्य

 

जेठ २६, काठमाडौं । नेपाली स्मार्टफोन बजारमा रहेको तिब्र प्रतिस्पर्धालाई दृष्टिगत गर्दै ओपोले नयाँ योजना बनाएको छ । ओपोले रेनो सिरिज सार्वजनिक गर्दै आर सिरिज अन्तर्गतका फोनहरु ‘डिस्कन्टिन्यू’ गर्ने घोषणा गरेको छ । 

विश्व स्तरमै रेनो र रेनो १० एक्स जुमका लागि चलिरहेको चर्चाका विच उपभोक्तालाई विलाशी अनुभव प्रदान गर्न अझ समावेशी डिजाइन र विशिष्ट सौन्दर्य शास्त्र मार्फत बृहत्त उपभोक्ता माझ सेवा पुर्याउने सोचका साथ कम्पनी परिवर्तन उन्मुख भएको हो । 

null

ओपोका उपाध्यक्ष शेन यिरेनले रेनो जस्ता प्रिमियम सिरिजमा आफ्नो ध्यान केन्द्रित गर्न सर्वाधिक विक्रि हुन सफल मोडल भएतापनि आर–सिरिजलाई डिस्कन्टिन्यू गर्न लागिएको बताए ।  

‘क्लासिक हलमार्क’, ‘बोल्ड डिजाइन ल्यांग्वेज’ मा केन्द्रित हुँदै ओपोले कम्पनीको ध्यान आफ्नो उच्च क्यामेरा प्रविधिमा केन्द्रित गर्दैछ । यसैको नतिजाका रुपमा ओपोको नयाँ रेनो १० एक्स जुमलाई लिन सकिन्छ । यस उपकरणमा सार्क फिन पप्–अप क्यामेरा, स्न्यापड्रागन ८५५ प्रोसेसर र १०एक्स हाईब्रिड जुम लेन्सका साथमा ट्रिपल क्यामेरा सेटअप उपलब्ध गरिएका छन् । 

ओपो रेनो सिरिजको ५जी–रेडी भर्जनपनि सार्वजनिक गर्ने ओपोको योजना छ । रेनो भ्यारियण्टमा फुल–एचडी रेजोल्यूसन सहित ६.४—ईञ्च एमोलेड डिस्प्ले जडान गरिएको छ । ८ जीबी ¥याम सहितको क्वालकम स्न्यापड्रागन ७१० प्रोसेसरद्वारा सञ्चारित यस फोनमा तिब्र क्षमता सहितको ईन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानरपनि उपलब्ध छ । 

ओपो रेनो १०एक्स जुम इडिसनमा ६.६५ ईञ्च फुल–एचडी+ एमोलेड डिस्प्ले जडान गरिएको छ भने ओक्टा–कोर क्वालकम स्न्यापड्रागन ८५५ प्रोशेसरले शक्ति प्रदान गर्छ । प्रयोगकर्ताका सेल्फीलाई थप क्रिस्प र शार्प बनाउन यस स्मार्टफोनमा एफ १.७ एपर्चर सहितको ४८ एमपी सोनी आईएमएक्स५८६ सेन्सरको प्रयोग गरिएको छ । कम्पनीको यस फ्ल्यागशिप ह्याण्डसेटमा पेरिस्कोप टेलिफोटो लेन्स सहितको १३ एमपी सेकेण्डरी सेन्सर र ८ एमपी सुपर वाइड एंगल सेन्सर जडान गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *