मिलिट्री परेडको क्रममा भएको हमलामा ३२ काे मृत्यु

 

साउन १७, यमन । यमनको एक मिलिट्री परेडको क्रममा भएको हमलामा कम्तिमा ३२ जनाको ज्यान गएको छ । 

हूती विद्रोहीले मिलिट्री परेडमा मिसाइल र ड्रोनले हमला गरेका थिए । हूती विद्रोहीले चलाउने एक टिभी च्यानलका अनुसार उक्त परेड यमनको दक्षिणी इलाकामा रहको तटीय शहर अदनमा भइरहेको थियो । 

null

अदन शहर यमनको अन्तरराष्ट्रिय मान्यता प्राप्त सरकारको शक्ति केन्द्र हो । यसअघि अदन शहरमा नै एक पुलिस स्टेशनमा आत्मघाती बम बिस्फोट भएको थियो जसमा १० जना मारिएका थिए । यद्यपि, यी दुई घटना एक–आसमा सम्बन्धित छन् छैन भनेर स्पष्ट छैन । 

हूती विद्रोहीका अनुसार सरकार समर्थित सुरक्षाबल उनीहरुमाथि अर्को एउटा हमला गर्नका लागि परेड गरिरहेका थिए । यद्यपि, सरकारका अनुसार यो नयाँ बहाल गरिएका सैनिकका लागि ‘ग्रेजुएशन सेरोमनी’ थियो । 

मिलिट्री परेडमाथि हमलापछि त्यहाँको दृश्य विभत्स थियो । एक प्रत्यक्षदर्शीले समाचार एजेन्सी रोयटर्सलाई दिएको जानकारी अनुसार शवका टुक्रा जमिनमा छरिएका थिए र सैनिक रोइरहेका थिए । 

प्रत्यक्षदर्शीले भने, ‘बिस्फोट त्यो स्ट्यान्ड पछाडि भयो जहाँ आयोजना भइरहेको थियो । मैले सैनिकलाई एक शव नजिक रोइरहेको देखेँ । सायद त्यो उनको कमान्डरको शव थियो…’ 

अन्तरराष्ट्रिय मेडिकल एजेन्सी एमएसफका अनुसार यो हमलामा दर्जनौं मानिस नराम्रोसँग घाइते पनि भएका छन् । जुन सैन्य शिविरमा हमला भयो त्यो सरकार समर्थित सुरक्षाबलसँग जोडिएको छ र त्यसलाई ‘सुरक्षा बेल्ट’ को नामले चिनिन्छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *