दुहबीमा सेनेटरि प्याड बनाउँने तालिम सुरु
मकालु खबर
२०७५ मंसिर १६ गते
मंसिर १६, दुहबी । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर दुहवीमा जेसिजको आयोजना तथा दुहवी नगरपालिकाको संयोजनमा घरेलु सेनेटरि प्याड बनाउँने तालिम सुरु भएको छ ।
तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदार, बिशिष्ठ अतिथि उपमेयर सुनिता दाहाल (साह) ले तालिमको सफलताको शुभकामना दिदैँ महिलाहरुको स्वास्थ्यमा प्रभाव पार्ने सेनेटरि प्याडको महत्वको बारेमा बताए ।
null
आजदेखि दुहवीमा सुरू भएको तालिम दुहवीको १२ वार्ड १२ विद्यालय १२ दिने अभियानको रुपमा सामुदायिक विद्यालयका ८ कक्षा देखि १० कक्षा पढने विद्यार्थीहरुलाइ प्रशिक्षण दिइने दुहवी जेसिजकी अध्यक्ष कञ्चन झाले बताईन् । अध्यक्ष कञ्चन झाले सो तालिमलाइ प्रशिक्षक दिपिका भगतले प्रशिक्षण दिने समेत जानकारी दिईन् ।
मकालु खबर
२०७५ मंसिर १६ गते
प्रतिक्रिया
सम्बन्धित