बजेट निर्माण प्रक्रियामाथि डा. बाबुरामको टिप्पणीः बिरालो बाँधेर श्राद्ध गरे जस्तो

 

बैशाख २९, काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बजेट निर्माण प्रक्रिया उल्टो भएको टिप्पणी गरेका छन् । 

आइतबारको संसद बैठकमा भएको पूर्व बजेट छलफलमा भाग लिँदै उनले यस्तो टिप्पणी गरेका हुन् । 

null

‘सरकारले नीति तथा कार्यक्रम पारित गर्नुपूर्व जनप्रतिनिधि, विभिन्न सरोकारवाला पक्षहरुको सल्लाह र सुझाव लिनुपर्ने थियो । नीति कार्यक्रम पारित भइसकेपछि लिएको सुझाव सुझाव मात्रै हुन्छ, कुनै बाध्यकारी हुँदैन’, संसद बैठकमा उनले भने, ‘त्यो भन्दा अघि सुझाव दिन पाएको भए नीति कार्यक्रममा नीति समेटिन्थ्यो र बजेटमा मूर्तरुपमा आउने थियो । यो उल्टो भयो ।’ 

नीति तथा कार्यक्रम निर्माण गर्नुपूर्व सरोकारवालाहरुसँग विभिन्न ढंगले सुझावहरु लिएर नयाँ लोकतान्त्रिक विधि, सहभागितामुलक विधि अपनाएको भए अझै राम्रो हुने उनको भनाइ छ । 

संसदमा उनले आफू समेत सदस्य रहेको प्रतिनिधि सभाको अर्थसमितिले हालसालै देशका विभिन्न भागमा पुगेर सुझाव संकलन गरी अर्थमन्त्रीलाई बुझाइसकिएको पनि जानकारी गराए । 

उनले बजेट निर्माण प्रक्रिया चित्त बुझ्दो नभएको भन्दै सिद्धान्त र प्राथमिकतामा विद्वान अर्थमन्त्री स्वयमले आफैँमाथि पनि न्याय गर्न नसकेको टिप्पणी गरे । 

‘उहाँ विषय विज्ञ पनि हुनुहुन्छ । उहाँबाट धेरै अपेक्षा पनि गरिएको छ । समय अभावले हो कि, इच्छाशक्तिको अभावले हो, अर्ध निन्द्रामा भएको मान्छेले निबन्ध लेखेजस्तो गरी नीति कार्यक्रम आयो’, डा. भट्टराईले भने, ‘यसमा न नविनता छ, न प्रतिबद्धता छ, । खालि एउटा कर्मकाकण्डी प्रकारको दस्तावेज जस्तो मात्रै छ । यो त बिरालो बाँधेर श्राद्ध गर्ने विधि मात्रै हुन्छ कि भन्ने मलाई चिन्ता लागेको छ ।’ 

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *