भगवती चौधरी सम्मानित
मकालु खबर
२०७४ जेठ १५ गते
“
सुनसरी, पुस १५ । महिला आन्दोलन तथा आर्थिक लघुवित्त क्षेत्रकी अभियन्ता भगवती चौधरी सम्मानित भएकी छन् ।
राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लीमिटेड विराटनगरले चौधरीलाई स्व. ईश्वरी खतिवडा स्मृति पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशी रु.११,१११ सहित दोसल्ला र सम्मानपत्र रहेको छ ।
त्यस अवशरमा बोल्दै चौधरीले लघुवित्तका माध्यमबाट ग्रामिण क्षेत्रको विकास तथा निम्न वर्गका समुदायको आर्थिक सुधार गर्न सकिने धारणा राखिन् । चौधरीले आफु स्थानीय जनताको अधिकार रक्षा र विकासमा निरन्तर लागिरहने प्रतिवद्धता पनि व्यक्त गरिन् ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित