पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो
मकालु खबर
२०७६ चैत १९ गते
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले प्रतिलिटर १० रुपैँयाले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार मूल्य घटाएको निगमले जनाएको छ ।
निगम संचालक समितिको बुधबार बसेको बैठकले ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मटितेलको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।
पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ तथा डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ कायम भएको छ ।
मकालु खबर
२०७६ चैत १९ गते
प्रतिक्रिया
सम्बन्धित