होली नखेल्न जिल्ला प्रशासन कार्यालय मोरङकोे आग्रह

फागुन २२, विराटनगर । कारोना भाईरस (कोभिड १९) को विश्वव्यापी संक्रमणको हल्लासँगै जिल्ला प्रशासन कार्यालय मोरङले होली नखेल्न सर्वसाधारणलाई सूचना जारी गरेको छ ।   

सो संक्रमणबाट नेपाल पनि उच्च जोखिममा रहेको भनी विश्व स्वास्थ्य संगठनबाट प्रवाहित सूचनालाई मध्यनजर गर्दै कार्यालयले विहिबार सूचना जारी रहेको हो ।   

सर्वसाधारणलाई कोरोना संक्रमण फैलन सक्ने अवस्थालाई दृष्टिगत गर्दै होली नखेल्न, भिडभाडमा नजान, उत्सव, मेला सम्मेलन तथा कार्यक्रममा नजान सर्वसाधरणलाई जानकारी गराएको छ । 

प्रमुख जिल्ला अधिकारी मदन भुजेलद्धारा जारी सूचनामा नेपाल कोराना भाइरसको संक्रमणको उच्च जोखिम क्षेत्रमा रहेकोले सतर्कता अपनाउन आग्रह गरेका गरिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *