श्रीमती कुटपिट गरेको आरोपमा पक्राउ परेका युवा हिरासतबाट फरार

सांकेतिक तस्विर 

फागुन २५, काठमाडौं । सप्तरीमा श्रीमती कुटपिट गरेको आरोपमा पक्राउ परेका एक युवक हत्कडीसहित फरार भएका छन् । 

बोदेबरसाइन नगरपालिका–८ रजपट्टीका करिब ३० वर्षीय महेश यादव आइतबार बिहान करिब २ बजेतिर प्रहरी चौकी काचनको हिरासतबाट फरार भएका हुन् ।  

उनी शनिबार राति पक्राउ परेका थिए । पक्राउ परेका केही घण्टामै फरार भएका उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *