काठमाडौं अदालतले महरा प्रकरणमा स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई पनि बोलायो

पुस २७, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा महिला कर्मचारीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बयानका लागि काठमाडौं जिल्ला अदालतले बोलाएको छ ।   

आज अदालतले बलात्कार प्रयासको आरोप लगाउने महिला कर्मचारीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बयानका लागि झिकाउन आदेश दिएको हो । सोहि प्रकरणमा प्रयोगशाला परीक्षण गर्ने राष्ट्रिय विधिविज्ञान प्रयोगशालाका कर्मचारीलाई पनि झिकाउने आदेश भएको जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले बताए । 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज अधिकारीको इजलाशले पीडित (नयाँ बानेश्वर २६) को स्वास्थ्य परीक्षण गराउने विशेषज्ञ डाक्टर, मुचुल्का गराउने प्रहरी अधिकृत र बरामद भएका सामानहरुको फरेन्सिक टेष्ट गराउने राष्ट्रिय विधिविज्ञान प्रयोगशालाका विशेषज्ञलाई अदालतमै उपस्थित गराएर वकपत्र गराउन आदेश दिएको हो ।  

null

अदालतले बलात्कार प्रयासको घटनाको घटना विवरण कागज गर्नेहरुलाई पनि बयानका लागि झिकाउने आदेश दिएको छ । उक्त मुद्दामा काठमाडौं अदालतको आदेशमा महरा हाल पुर्पक्षका लागि थुनामा छन् । 

संसद सचिवालयकी महिला कर्मचारीले महराले आफुलाई बलात्कारको प्रयास गरेको भनी जाहेरी दिएकी थिइन् । तर पछि उनले अदालतसमक्ष नै महराले आफूमाथि बलात्कार प्रयास नगरेको भनी बयान बदलेकी थिइन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *