प्रदेश १ को बजेट ४२ अर्ब, कर्मचारीको तलबमा बृद्धि (पूर्णपाठसहित)

 

असार १, काठमाडौं । प्रदेश १ सरकारले आइतबार ४२ अर्ब २० करोडको बजेट ल्याएको छ । 

आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले प्रदेशसभा बैठकमा ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट पेश गरेका हुन् । 

null

चालुतर्फ १८ अर्ब २० करोड ४ लाख १२ हजार र पूँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार रुपैयाँ विनियोजन गरिएको छ । 

बजेटको स्रोतमध्ये आन्तरिक राजश्व ३ अर्ब ८६ करोड उठाउने लक्ष्य छ भने राजश्व बाँडफाँटबाट प्राप्त हुने १० अर्ब ५२ करोड, अनुदानबाट २१ अर्ब २१ करोड र चालु आर्थिक वर्षको खर्च हुन नसकेको बजेट ६ अर्ब ६१ करोड रहने अनुमान छ । 

सडक, सुरुङमार्ग सहितका ठूला योजना र पर्यटकीय क्षेत्रको विस्तार प्रदेश १ को बजेटमा मुख्य प्राथमिकतामा समेटिएका छन् । 

विराटनगरमा विमानस्थलको स्तरोन्नतिसँगै अन्तर्राष्ट्रयस्तरको बनाउन संघीय सरकारसँग समन्वय, विराटनगरमा औद्योगिक प्रदर्शनीस्थल निर्माण, अमडुवामा विशेष आर्थिक क्षेत्र निर्माण, विराटनगर चक्रपथलाईसमेत बजेट विनियोजन भएको छ । 

सबैभन्दा बढी भौतिक पूर्वाधारतर्फ सडक तथा पुल निर्माणका लागि ८ अर्ब बजेट छुट्याइएको छ । आवास भवन तथा सहरी पूर्वाधारतर्फ ३ अर्ब, खानेपानी तथा सरसफाइमा ३ अर्ब, स्वास्थ्य क्षेत्रको विकासमा १ अर्ब ७ करोड, शिक्षा क्षेत्रको विकासमा १ अर्ब २८ करोड, सिंचाई व्यवस्था तथा नदी नियन्त्रणतर्फ ३ अर्ब २० करोड, वन तथा वातावरण क्षेत्रतर्फ १ अर्ब २० करोड, पर्यटन विकासतर्फ १ अर्ब ६६ करोड र समग्र कृषि, पशुपंक्षी तथा सहकारीतर्फ ४ अर्ब विनियोजन गरिएको छ । 

साथै प्रदेश १ सरकारले कर्मचारीको तलब पनि बृद्धि गरेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *