खाली पेटमा चिया पिउनु हुन्छ ? सावधान यी रोगहरु लाग्न सक्छन्
बैशाख ९ । अधिंकाश मानिसहरु आफ्नो दैनिकी चियाको चुस्कीबाट शुरु गर्छन् । प्राय जसो मानिस बिहान उठी मुख धोई खाली पेटमा नै चिया पिउने गर्दछन् । अझ् कति व्यक्तिहरु बिहान् मुख पनी नधोई चिया पिएर आफ्नो दिनको शूरुवात गर्दछन् ।
मानिसले चिया गर्मीमा भन्दा अझ् जाडोको मौसममा धेरै चिया पिउने गर्दछन् । यसरी दैनिक खालि पेटमा चिया पिउनु हानिकारक हुनुको साथै धेरै चिया पिउनाले बिभिन्न प्रकारको रोगहरु लाग्ने गर्दछन् । धेरै व्यक्तिलाई यो कुरा थाहा नहुन पनी सक्छ अनि थाहा पाएका व्यक्तिले जानी जानी पनी अन्जान बनिरहेका हुन्छन् । यसरी खाली पेटमा चिया पिउँदा र धेरै चिया पिउँदा हाम्रो स्वास्थयमा के–के समस्या देखिन्छ तल दिईएको छ ।
null
– प्रोस्टेट क्यान्सरः खाली पेटमा चिया पिउनाले पुरुषमा प्रास्टेट क्यान्सर हुनेकुरा धेरै अध्ययन पछि पत्ता लागेको कुरा हो । त्यसैले खालीपेटमा चियाको सेवन नगरी मनतातो पानी पिएर सचेर रहनुहोस् ।
– चिडचिडापन: एउटा यस्तो समस्या हो, जहाँ आफूलाई एकदमै थकाई लाग्ने, काम प्रति जागर नआउने र झर्को लाग्ने गर्दछ । बिहान खालीपेटमा चिया पिएमा फ्रेस होइन्छ भन्ने गलत धारणाको कारणले गर्दा यस्तो समस्या बढ्दै गइरहेको छ । विहान खाली पेटमा चियाले नभएर तातोपानी फ्रेस गराउने कारणले गर्दा तातो पानी पिउने बानी बसाल्नुपर्दछ ।
– ग्यासको समस्या : चिया केमिकलबाट बनेको हुन्छ, चियामा हाल्ने मसलाहरु र चीन मिक्स हुदापेटमा ग्यास जमेर पेटसम्बन्धी अनेक रोग सिर्जना हुन्छ ।
– शरीरलाई हानी : चिया पिउनाले शरीरमा प्रोटिन र अन्य पोषण तत्वको अवशोषण सहि तरिकाले हुदैन् । यहि कारणले शरीरलाई एकदमै हानी र रोग निम्त्याउँछ ।
– वाकवाकी लाग्ने : कहिलेकाहि वाकवाकी भएमा खानालाई दोष दिने बानी धेरैको हुन्छ । तर खानाले नभएर चियाले वाकवाकी हुनसक्दछ । चियामा टेनिन पाइन्छ, यहि कारणले गर्दा वान्ता हुन्छ ।