अपहरण शैलीमा पक्राउ गरेका कार्यकर्ता २४ घण्टाभित्र रिहाइ गर्न चेतावनी

 

बैशाख १७, बैशाख । शाही युवा शक्ति, नेपालले पक्राउ परेका आफ्ना कार्यकर्ताहरुको अबिलम्ब रिहाई नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । 

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे शाही युवा शक्ति नेपालले यस्तो चेतावनी दिएको हो । काठमाडौंको गोंगबु–बानियाँटारबाट आज बिहान पक्राउ परेका केन्द्रिय सदस्य बिनोद केसी, राम प्रसाद सुवेदी, मिन बहादुर क्षेत्री र दिपेश खड्कालाई अपहरण शैलीमा घरैबाट पक्राउ गरेको भन्दै घोर आपत्ति जनाएको छ । 

null

कार्यक्रममा बोल्दै शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले राज्यबाट नागरिकको आम स्वतन्त्रतालाई कुण्ठित पार्ने काम भएको आरोप लगाए । देशका विभिन्न अपराध र विसंगतिहरु व्याप्त रहेको भन्दै उनले नागरिकका अधिकारहरु राज्यले दबाउन नहुने सुनाए । 

आफ्ना कार्यकर्तालाई घरभित्रै छिरेर अपहरण शैलीमा पक्राउ गरिएको भन्दै उनले सरकारलाई निःशर्त रुपमा छोड्न २४ घण्टे अल्टिमेटम पनि दिएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले निरंकुशवादी सोच र व्यवहार बढाएको भन्दै उनले देशमा ब्याप्त विसंगति र विकृतिका बारेमा आवाज उठाउँदा आफुहरुमाथि दमन गर्न खोजेकोे उनको आक्रोश छ । 

शाही युवा शक्ति नेपालले स्थापना कालदेखि नै नेपालमा गणतन्त्र र संघीयता खारेज हुनुपर्ने माग राख्दै आएको बताउँदै उनले नेपाल अखण्ड हिन्दु राज्य हुनुपर्नेमा जोड दिए ।अहिले दलीय निरंकुशता बढ्दै गएको बताउँदै खड्काले संसारकै स्वतन्त्र देशका नागरिकलाई अधिकारबाट बिमुख बनाउने खेल भईरहेको पनि आरोप लगाए । 

अहिले गणतन्त्रको नाममा नेपालमा लुटतन्त्र कायम रहेको बताउँदै उनले जनतामा रहेको भ्रम चिर्नु आफूहरुको कर्तव्य भएको पनि स्पष्ट पारे । 

हिजो प्रधानमन्त्रीको पुत्ला जलाउँदा प्रधानमन्त्रीलाई नै जलाएकोजस्तै गरेर घरबाटै आफ्ना साथीहरु पक्राउ गर्ने सरकारको मानसिकता कमजोर बन्दै गएको उनको भनाइ छ ।राजसंस्थाको बारेमा प्रधानमन्त्री ओली र सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले आपत्तिजनक अभिव्यक्ति दिईरहेकोमा आफूहरु गम्भिर रहेको उनले बताए । 

सरकारले प्रहरीको दुरुपयोग गर्दे आफुहरुलाई दबाउन खोजेपनि अब नेपाली जनताले त्यसको मूलय चुकाउन बेर नलगाउने उनको भनाइ थियोे । 

अब नेपाली जनताले राजसंस्था पुनस्र्थापनको लागि सडकमा आउने समय भइसकेको बताउँदै उनले नेपालमै भएको नेपालीको बिचल्ली कुनैपनि हालतमा सहन नसकिने पनि जानकारी गराए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *