नेता एन्ड्रिया लेडसमद्रवारा मन्त्रीमण्डलबाट राजीनामा

 

जेठ ९ ।   ब्रिटेनमा हाउस अफ कमन्सकी नेता एन्ड्रिया लेडसमले मन्त्रीमण्डलबाट राजीनामा दिएकी छिन् । 

लेडसमले वर्तमान सरकारको नीतिमार्फत् ब्रेक्जिट सम्भव हुन नसक्ने भन्दै राजीनामा दिएकी हुन् । 

null

एन्ड्रिया लेडसमले यस्तो समय राजीनामा दिएकी छिन् जब कन्जरभेटिव सांसदले प्रधानमन्त्री टेरिजा मेको ब्रेक्जिट योजनाको अत्यधिक विरोध गरिरहेका छन् । प्रधानमन्त्री टेरिजा मेको राजीनामाको पनि माग गरिँदै छ । 

यस्तै, प्रधानमन्त्री कार्यालयको तर्फबाट जारी बयानमा एन्ड्रिया लेडसमको राजीनामामा निराशा जताउँदै उनको कामको तारिफ गरिएको छ । 

एक प्रवक्ताका अनुसार प्रधानमन्त्रीको पूरा ध्यान ब्रेक्टिजमा केन्द्रीत छ । 

हाउस अफ कमन्सको नेताको रुपमा लेडसम सरकारको कामकारवाही हेरिरहेकी थिइन् । 

राजीनामा दिने ३६ औं मन्त्रीः 

एन्ड्रिया लेडसम टेरिजा मेको सरकारबाट राजीनामा दिने ३६ औं मन्त्री हुन् । यीमध्ये २१ मन्त्रीले ब्रेक्जिटको मुद्दामा चित्त नबुझेपछि राजीनामा दिएका छन् । 

लेडसमले राजीनामा दिनु एकदिन अघि नै टेरिजा मेले आफ्नो ब्रेक्जिट सम्झौता बिलमाथि समर्थन जुटाउनका लागि सांसदको अगाडि एउटा नयाँ प्रस्ताव राखेकी थिइन् जसका कारण उनले विपक्ष र आफ्नै पार्टीको तर्फबाट भारी आलोचना खेप्नु परिरहेको छ । 

ब्रेक्जिटपछि ब्रिटेन र युरोपेली संघबीच सम्झौता लागू गराउनका लागि यो विधेयक आवश्यक छ । 

It is with great regret and a heavy heart that I have decided to resign from the Government. pic.twitter.com/f2SOXkaqmH 

बिलमा समर्थन जुटाउनका लागि मेले प्रस्ताव राखेकी थिइन् तर सांसदले युरोपेली संघबाट अलग हुने विधेयकलाई स्विकार गरे उनीहरुलाई ब्रेक्जिटको विषयमा दोस्रोपटक जनमत संग्रह हुनुपर्ने कुरामा मतदान गर्ने मौका दिइनेछ । 

प्रधानमन्त्री टेरिजा मेलाई लेखेको पत्रमा एन्ड्रिया लेडसनले ब्रिटेन यो प्रस्तावित सम्झौताको माध्यमले साँच्चै नै सार्वभौमिक युनाइटेड किंगडम बन्न सक्ने कुरामा शंका भएको बताएकी छिन् । 

साथै, दोस्रो जनमत संग्रह गर्नु ‘खतरनाक रुपमा विभाजनकारी’ हुने उनले बताएकी छिन् । 

यसका साथै उनले ब्रेक्जिटसँग सम्बन्धित विधेयकको प्रस्तावलाई ठिक तरिकाले अनुसन्धान नगरेको पनि आरोप लगाइन् । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *