तराइमा बाक्लो हुस्सुका कारण विमानस्थल अबरुद्ध, यात्रुहरु चार घन्टा देखि विमानस्थलमा

पुष २९, काठमाडौं । बाक्लो हुस्सुका कारण तराइका विमानस्थल सुचारु हुन नसक्दा आन्तरिक उडानका यात्रुहरु अलपत्र परेका छन् । बिहानै देखि बाक्लो हुस्सु लागेका कारण बिहान ७ बजेदेखि यात्रुहरु त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा बसिरहेका छन् ।   

विराटनगर, भैरहवा, भद्रपुर, बारा, भरतपुर लगायत तराइका विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण उडान हुन सकेको छैन ।   

भिजिविलिटी नभएका कारण विमान अवतरण गर्न समस्या हुने भएकाले विमानस्थल खुल्न नसकेको हो । तराइका विमानस्थल कम्तिमा २ हजार मिटर भिजिविलिटी हुनुपर्ने विमानस्थलका कर्मचारीहरुले बताएका छन् । 

यसैबीच आन्तरिक उडानका लागि त्रिभुवन विमानस्थल पुगेका यात्रुहरुको चाप बढेको छ । यात्रुहरुलाई बस्ने सिटको अभाव भएको विमानस्थल श्रोतले जनाएको छ । विहान मात्रै  ११ बजेपछि मात्रै सूचना जारी गर्ने  विमान सेवा प्रदायकले जानकारी दिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *