नेपाल बंगलादेश बैँकद्धारा सिआईएल काठमाडौँलाई व्हीलचियर हस्तान्तरण

माघ २०, काठमाडौँ । नेपाल बंगलादेश बैँकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबार १० वटा व्हीलचियर हस्तान्तरण गरिएको छ ।   

यस बैंकले  बालाजु औध्योगिक छेत्र स्थित रहेको इन्फिनिटी ल्याब्समा बनिएको १० वटा व्हीलचियर सिआईएल काठमाडौँद्धारा १० जना अपाङ्गता भएका व्यक्तिहरुलाई हस्तान्तरण गरेको हो । 

बालाजु स्कुल अफ ईन्जिनियरिङ्ग एण्ड टेक्नोलोजीका विद्यार्थीहरुद्धारा सिआईएल काठमाडौँको सहायतामा बनेका यी व्हीलचियरहरु पहिलो पटक नेपालमै निर्माण गरिएको हो ।   

Image result for नेपाल बंगलादेश बैंक

यस्ता व्हीलचियरहरु नेपालमै उत्पादन गर्दा विदेशी मुलुकहरु प्रति भर नपरी कम मूल्यमै उपलब्ध गराउन सकिन्छ ।   

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले सिआईएल काठमाडौँका महासचिव गणेश के. सी.को उपस्थितीमा धादिङ, पोखरा, काठमाडौँ, बर्दिया, धनुषा, धनकुटा र सिन्धुलीका अपाङ्गता भएका व्यक्तिहरुलाई सो व्हीलचियरहरु प्रदान गरेका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले अपाङ्ग व्यक्तिहरुलाई व्हीलचियर हिँड्नु सरह नै हो र यसले उनीहरुको दैनिक जीवनको गतिशीलतामा सहज पुर्याउने विश्वास दिलाए । साथै नेपाली भई नेपालमै बनेका सामानलाई प्राथमिक्ता दिँदा देशको आर्थिक बिद्धी र देशलाई आत्मनिर्भर बनाउने सन्देश दिएका थिए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *