बिग बासमा सन्दीप बने सर्वाधिक विकेट लिने खेलाडी

 

पुस १२, काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने बिग बास लिगको तेस्रो खेलमा पनि चम्किएका छन् । 

सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बास लिग- बीबीएल क्रिकेटअन्तर्गत मेलबर्न स्टार्सबाट खेलिरहेका छन् । डेब्यु खेलदेखि नै टिममा उत्कृष्ट प्रदर्शन गर्दै आएका सन्दीपले लिगको तेस्रो खेलमा पनि २ विकेट लिन सफल भएका छन् । 

null

सिड्नी सिक्सर्सविरुद्ध सन्दीपले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चेर २ विकेट लिए । ब्याट फ्लिप हारेर ब्याटिङ गरिरहेको घरेलु टोलीका मोइसेस हेनरिक्स र टम कुरनलाई सन्दीपले पेभेलियन फर्काए । 

पहिलो ओभरमा ४ रन खर्चिएका सन्दीपले दोस्रो ओभरमा ४ रन खर्चेर १ विकेट लिए । उनले हेनरिक्सलाई ९ रनमा एलबिडब्लु आउट गरे । सन्दीपले तेस्रो ओभरमा कुरनलाई २ रनमा एलबिडब्लु आउट गरे । यस ओभरमा सन्दीपले ३ रन खर्चिए । 

सन्दीपले बिग बासको तीन खेलमा सात विकेट लिईसकेका छन् । डेब्यु खेलमा २ विकेट लिएका सन्दीपले दोस्रो खेलमा ३ विकेट लिएका थिए । योसँगै सन्दीप अष्ट्रेलियामा जारी बिग बास लिगकै सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् 

सन्दीप जारी खेलमा ७ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा उक्लिएका हुन्। 

यसअघि दुई खेलमा पराजित भईसकेको मेलबर्नको लागि यस खेल महत्वपूर्ण समेत रहेको छ । पहिलो खेलमा मेलबर्न सिड्नी थण्डर र दोस्रो खेलमा होबर्ट हरीकेन्ससंग पराजित भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *