घाइते सिडिओ गणेशप्रसाद भट्टराईको निधन

 

फागुन ६, काठमाडौँ । बारा जीप दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको सोमबार निधन भएको छ । 

गत माघ १२ गते पूर्व पश्चिम राजमार्गको पसाहा पुल नजिक ना१झ १६३३ नम्बरको स्कार्पियो जीप दुर्घटना हुँदा घाइते भएको उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । 

null

दुर्घटनामा सशस्त्र प्रहरी बलका एसपी बलराम पोख्रेलको घटनास्थलमै मृत्यु भएको थियो भने भट्टराईसहित अन्य ३ जना घाइते भएका थिए । 

उनको परिवारले घटना शंकास्पद भएको भन्दै चालक जगतनारायण राउतमाथि छानविन गर्न माग गरिरहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *