सामाजिक सुरक्षा कार्यान्वयनमा सरकार प्रतिबद्धः अर्थमन्त्री खतिवडा

 

साउन ६, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सामाजिक सुरक्षा कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

सोमबार काठमाडौँमा आयोजित ‘नेपालमा सार्वभौमिक सामाजिक सुरक्षाको बाटो’ विषयक सम्मेलनमा बोल्दै उनले सामाजिक सुरक्षा कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको बताएका हुन् । 

null

अर्थमन्त्री खतिवडाले गुठीहरुलाई नेपालको सामाजिक सुरक्षाको महत्वपूर्ण स्रोतको रुपमा चित्रण गरेको पनि स्पष्ट पारे । नेपाली समाजले विपद व्यवस्थापनमा पनि उल्लेख्य योगदान दिन सफल हुँदै आएको पनि उनले स्पष्ट पारे । 

गरिब, पछाडि परेका समुदाय र वृद्ध, अशक्त, एकल महिलाहरुलाई सरकारले सामाजिक सुरक्षा अन्तर्गत भत्ताको समेत व्यवस्था गरेको उनले स्मरण गराए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *