पत्रकार पुडासैनीले आत्महत्या गर्नु अघी डोरी किनेको तथ्य खुल्यो

भाद्र २, काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या गर्नु  अघि एक पसलमा डोरी किनेको  तथ्य खुल्न आएको छ ।   

प्रहरीका अनुसार पत्रकार पुडासैनीले आत्महत्या गर्नु अघी  साउन २० गते नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलमा ५ मिटर डोरी किनेका थिए ।   

होससेल पसलको सीसीटीभी फुटेज मा उनले ५ मिटर डोरी किनेको दृश्य कैद भएको प्रहरीले जनाएको छ ।  चितवन प्रहरीका अनुसार होससेल पसलमा उनले लुगा सुकाउन भन्दै ५ मिटरको डोरी किनेकाे सीसीटीभी फुटेमा  देखिएको छ ।   

Image may contain: 1 person, standing

चितवनका प्रमुख एसपी दान बहादुर मल्लका अनुसार हाल उक्त  सीसीटीभीको ‘हार्डडिस्क’ नै लिएर परीक्षणको लागि प्रहरी हेडक्वार्टर पठाइएर अनुसन्धान भईरहेको  छ।   

चितवनको नारायणगढ बसपार्क स्थित होटल कंगारुमा आत्महत्या गरेका पुडासैनीले आत्महत्या गर्नु अघी उनले खिचेको भिडियो सार्वजनिक भएपछी उनलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा चर्चित संचारकर्मी रबी लामिछाने सहित युवराज कँडेल, रुकु भनेर चिनिने अस्मिता कार्कीलाईलाई पक्राउ गरिएकाे छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *