कोरोनाको त्रासः पोर्चुगलका राष्ट्रपति घरमै बसेर काम गर्ने

काठमाडौं । कोरोना भाइरसका कारण पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो देसौसाले  घरमै बसी काम गर्ने भएका छन् ।   

राष्ट्रपति भ्रमणमा गएको एक विद्यालयका विद्यार्थीमा कोरोना भाइरसको लक्षण देखिएपछि उनले आईतबार आफ्ना सबै सार्वजनिक गतिविधि रद्द गराएर घरमै बसी काम गर्ने  निर्णय लिएका हुन् । अहिले उक्त विद्यालय पनि बन्द गरिएको छ ।   

संक्रमित उक्त विद्यार्थी राष्ट्रपती निवासमा नगएको र राष्ट्रपतिमा कोरोना भाइरसको कुनै लक्षण नदेखिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।   

राष्ट्रपति कार्यालयका अनुसार  आफैं आइसोलेसनमा बसेर कोरोनाको रोकथामको उपाय अपनाउने र घरबाटै काम गर्न सबैलाई प्रेरित गर्नको लागि राष्ट्रपतिले यस्तो निर्णय लिएका हुन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *