मालपोत कार्यालयका प्रमुखसहित तीन जनाविरुद्ध ४ करोडको भ्रष्टाचार मुद्दा
जेठ ३, बारा । जिल्लाको मालपोत कार्यालय, सिमराका कार्यालय प्रमुख, लेखापाल र नायब सुब्बाविरुद्ध ४ करोड हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ ।
अख्तियार दुुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका प्रमुख मदन प्रसाद गुप्ता, लेखापाल युगल किशोर र नायब सुब्बा शत्रुधन राउतविरुद्ध ४ करोड ५८ लाख ७१ हजार मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
null
मालपोतको आर्थिक वर्ष २०७५/०७६ मा संकलन भएको राजस्व गुप्ता र ठाकुरले आफ्नो निजी बचत खातामा जम्मा गरेको, करोडौं राजस्व हिनामिना गरेको तथा फागुन १२ गतेसम्ममा संकलित राजस्व रकम मध्ये ४,५८,७१,०२०.१३ रुपैयाँ कार्यालयमा दाखिला नगरेको अख्तियारले जनाएको छ ।
सरकारी कार्यालयबाट संकलन भएको राजस्व कानून बमोजिम सम्बन्धित राजस्व खातामा जम्मा गरी राजस्व जम्मा गरेको भौचर समेत नष्ट गरेको पाइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
उनीहरुलाई आठ वर्षदेखि दश वर्षसम्म कैद हुन सक्ने व्यवस्था छ ।