कर्णाली नदीमा जीप खस्यो, गाउँपालिका उपाध्यक्षसहित १० जना बेपत्ता

 

                                                                                  फाइल तस्विर 

असार ३, हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका हुँदै जिल्ला सदरमुकाम हिँडेको जीप कर्णाली नदीमा खसेको छ । 

null

लु१ज ७१६६ नम्बरको जीप बेडुबिसौना भन्ने ठाउँमा पुग्दा मंगलबार दिउँसो सडकबाट कर्णाली नदीमा खसेको हो । 

दुर्घटनामा खार्पु गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमाल शाहीसहित जीपमा सवार १० जना बेपत्ता छन् । जीप र यात्रुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

उनीहरुको उद्धार र खोजीका लागि सदरमुकामबाट प्रहरी र सेनाको टोली खटाइएको छ। यस्तै बेपत्ता जीपको खोजीका लागि दुई हेलिकोप्टरसमेत परिचालन गरिएको जानकारी दिइएको छ । 

थप विवरण आउन बाँकी छ। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *