त्रिभुवन विमानस्थलमा दुई बिमान ठोक्कियो
मकालु खबर
२०७६ कार्तिक २२ गते
कार्तिक २२, काठमाडौँ । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निजी कम्पनीका दुई बिमान ठोक्किएको छ । बिमानस्थलमा श्री एयरलाइन्सको बिमान र यतिको जहाज ठोक्किएको हो ।
श्री एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरका अनुसार विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा पार्किङमा राखेको यतिको बिमानसँग ठोक्किएको हो । उनका अनुसार दुबै बिमानमा सामान्य क्षती मात्र भएको छ ।
बिमान ठोक्किएको देख्ने एक प्रत्यक्षदर्शिकाका अनुसार श्री एयरलायन्सको लापरर्वाहीका कारण उक्त दुर्घटना हुन पुगेको हो । हाल अहिले नेपाल नागरिक उड्डयन प्राधिकरण र दुबै कम्पनीका अधिकारीहरुले बिमानको निरीक्षण गरेका छन् ।
मकालु खबर
२०७६ कार्तिक २२ गते
प्रतिक्रिया
सम्बन्धित