श्रीअन्तुको सुन्दरतामा लोक प्रिय बन्दै होम स्टे

फागुन १२, बिराटनगर । ईलाम जिल्लाको पर्ययटकीय स्थल श्री अन्तुमा होम स्टे लोकप्रिय बन्दै गएको छ । साबिक समालबुङ गाविस र साबिक श्रीअन्तु गाविसमा र हाल सुर्योदय नगर पालिका वडा नं. ४ र ५ मा रहेकाे छ । अन्तुडाँडा २ हजार ३ सय २८ मिटरको उचाईमा अवस्थित छ ।  

ईलामको छिपिटार देखि सिद्धिखोला हिरुवा हुँदै करिव २ घण्टामा टयाक्सीबाट अन्तु डाँडा पुगिन्छ । दैनिक ४ सय देखि ५ सय सम्म उदाँउदो सुर्य हेर्नका लागि स्वदेशी  तथा विदेशी पाहुनाहरु भित्रिने गर्दछन् ।   

ईलामको फिक्कल, पशुपतीनगर, माईपोखरी पर्यटकीय गन्तव्य पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरु अहिले सुर्यदय नगरपालीका श्रीअन्तुको होम स्टेमा रमाउन थालेका छन् । तीन वटा घरमा पाहुना राखेर होम स्टे संचालन गर्न थालिएको, हाल ६३ वटा होम स्टे संचालनमा रहेको छ ।   

श्रीअन्तु आले टोलका सुरेस आले मगरका अनुसार तीन वर्ष देखि संचालन गरेको उनको होम स्टे आउने पाहुनाहरुका लागि निकै लोकप्रिय छ । सुर्यदय नगरपालिका ४ आले टोलमा होम स्टे संचालन गर्दै आएका मगर केहि वर्ष यता देखि स्वदेशी तथा विदेशी पर्यटकहरु बाक्लिएको बताउँछन् ।  

सिजनमा ( असोज, कात्तिक) को समयमा झनै पर्यटकहरुको घुँईचो लाग्ने उनले बताए । त्यो समय श्रीअन्तु डाँडामा सुर्य उदाएको हेर्न पर्यटकहरु आउँने गर्दछन् । उनको होम स्टेमा बसेका अधिकांश पाहुनाहरु अर्को पटक आँउदा फोन गरेर उनकोमा नै बस्न आउने गरेको बताउँछन् । 

अधिकांश मानिसहरु व्यस्त भएर पनि होला यहाँ आएर मुड फ्रेस गर्न रुचाउछन्, ग्रमिण परिवेश, पारिवारीक वातावरण र अग्रानीक घरायसी खाना खान पनि यहाँ आउने गदर्छन्’ मगरले भने ।   

त्यस्तै सुर्यदय नगरपालिका श्रीअन्तुका होम स्टे संचालक एकराज घिमिरे ६ वर्षदेखि होम स्टे संचालन गर्दै आईरहेका छन् । पर्यटकहरु अहिले प्राकृतिक सुन्दरतासँग रमाउन चहान्छन् । भने गाँउले जीवनशैली स्थानिय वातावरणसँग घुलमिल हुन चाहने भएकाले पनि होम स्टे पाहुनाहरुका लागि लोक प्रिय रहेको घिमिरेले बताए ।   

श्रीअन्तुलाई होम स्टे क्षेत्र घोषणा गर्ने उद्देश्य रहेको सामुदायिक होम स्टेका अध्यक्ष धनकुमार आलेले बताए । उनका अनुसार श्रीअन्तुमा कुनै पनि प्रकारकाे होटल लज संचालनमा ल्याउन नदिने बताए । होम स्टेले पाहुनाहरुलाई भित्रयाउने, पर्यटन प्रर्वधनका लागि टेवा पुग्ने उनको भनाई छ । उनी भन्छन्, ‘होम स्टे पाहुनाका लागि लाभदायक एउटा पाटो हो भने अर्को पाटो रोजगारीका लागि अवसर पनि रहेको छ ।’ 

होम स्टे रोजगारीको अवसर बन्दै  

सुरेस आले मगर होम स्टे संचालन गर्नु भन्दा पहिले साधारण कृषक थिए । उनी चिया खेति तरकारी खेति गर्थिए । चिया खेति र तरकारी खेती मिहेनत धेरै आम्दानी कम्ति हुने भएकाले घर खर्च चलाउन गाह्रो पर्ने गरेको उनले बताए । 

होम स्टे संचालन गरेसँगै आजभोलि घर खर्च चलाउन खासै गाह्रो पर्दैन मगरले भने । उनको ५ जनाको परिवार छ ।   

उनले दुई जना छोराछोरी बोर्डिङ स्कुल पढाउँदै आईरहेका छन् ।  उनको श्रीमती अनु आले मगरले पनि होम स्टेको काम सबै सम्हाल्दै आईरहेकी छिन्  ।  

आफ्नै देशमा केहि गर्न सके रोजगारीका लागि अर्काको देशमा पसिना बेच्न जानु नै नपर्ने रहेछ मगरले भने ।  त्यस्तै सुर्यदय नगरपालिका श्रीअन्तुका कुशुम आलेले ४ वर्ष देखि होम स्टे संचालन गर्दै आईरहेका छन् ।   

सुरुवाती दिनहरुमा आफ्नै घरमा २/४ जना पाहुना राख्ने गर्थिन उनी, त्यहि अनुभवको आधारले उनले होम स्टे संचालन गर्न थालिन । उनी र उनको श्रीमान पहिले चिया खेति, तरकारी खेति नै गर्दथे ।   

आजभोली श्रीमान तरकारी, चिया खेति गर्दछन् उनी भने आएका पाहुनाहरु सम्हाल्छन् अर्थात होम स्टे संचालन गर्दछन् । पहिले श्रीमानको बाटो हेर्नु पर्दथ्यो आम्दानीको लागि आजभोली आफै कमाउँछिन् । ४ जनाको परिवारलाई मनग्ये पुगेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *