आँखाको बरीपरी आउँने ‘डार्क सर्कल’ बाट यसरी छुट्कारा पाउँनुहोस्

 

फागुन २८, काठमाडौं । आँखाको बरिपरी आउँने गोलाकार कालो धब्बालाई डार्क सर्कल भनिन्छ । आँखाको बरीपरी आउँने डार्क सर्कले हाम्रो सौन्दर्य नै बिगारी दिन्छ । बिशेष गरी डार्क सर्कल अनिधो हुँदा, धेरै तानाव हुँदा, बढी कामको बोझ हुँदा देखा पर्दछ । डार्क सर्कल आउनु धेरै व्यक्तिको चिन्ताको बिषय बन्न थालेको पाईन्छ । हामीले आफ्नो स्वास्थ्यलाई ख्याल नगर्दा डार्क सर्कल आउँने भएको हुनाले डार्क सर्कल बाट बच्न आवश्क मात्रामा सुत्ने, अत्याधिक तनाव नलिनुको साथै खानपानमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ । डार्क सर्कलबाट छुट्कारा पाउँने केही उपायहरु तल दिईएको छ । 

– भिटामिन (C), भिटामिन सि ले दिमागमा सेराटोनिन नामक रसायन बढी उत्सर्जन गराउँछ, जसले गर्दा राम्रोसँग निदाउन सकिन्छ । सुन्तला, कागती, अमला, खर्बुजाजस्ता भिटामिन सीयुक्त खाना बढी खाने गर्नाले डार्क सर्कल बिस्तारै कम हुँदै जान्छ । 

null

– भिटामिन (E), भिटामिन ईमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ, जसले छालामा जम्मा भएका विकारलाई शरीरबाहिर निकालेर यसलाई चम्किलो बनाउँछ । त्यही भएर डार्क सर्कलको समस्या भएकाले पालुंगो, हाडे बदाम, बदाम, किवी, ओखर, सूर्यमुखीका बिजजस्ता भिटामिन ईयुक्त खानेकुरा बढी खानुपर्छ ।  

– भिटामिन (K), भिटामिन केले रगतलाई गाढा बनाउन मद्दत गर्छ र रक्तसञ्चारलाई पनि तीव्र बनाउँछ । अंगुर, ब्लुबेरी, बन्दाकोभी, ब्रोकाउली, केराउ आदिमा भिटामिन के प्रशस्त पाइने भएकाले डार्क सर्कल भएकाले यस्ता खाना बढी खाने गर्नुपर्छ । 

– भिटामिन (A), भिटामिन एयुक्त खाना खाँदा छालाको ‘रिपेयरिङ’ र ‘टाइटनिङ’मा टेवा पुग्छ । साथै, छालामा रक्तसञ्चार पनि तीव्र हुन्छ । त्यसैले डार्क सर्कल हुनेहरूले गाजर, फर्सी, पाकेको मेवा, आँप, हरियो सागपात आदि बढी खाने गर्नुपर्छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *