नक्कली सरकारी कागजात बनाउने साह पक्राउ

फागुन २६, काठमाडौं । सरकारी कागजात किर्ते गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

नेपाली नागरिकता, जन्म र मृत्यु दर्ता, बसाइँसराई, विवाह दर्ता लगायतका विभिन्न सरकारी कागजातहरु किर्ते गरेको अभियोगमा प्रहरीले वीरगञ्ज उपमहानगरपालिका–१६ नगवा फुलबारी टोलबाट एक जनालाई पक्राउ गरेको हो ।  

पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–७ रामनगरी बस्ने ६० वर्षीय बिन्दा प्रसाद साह रहेका छन् । उनको साथबाट नेपाली नागरिकताहरु, नागरिकता बनाउन प्रयोग हुने फारमहरु, जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाइँसराई, जन्म प्रमाणित लगायत नक्कली कागजात बनाउन प्रयोग हुने विभिन्न कागजात बरामद गरिएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *