अमेरिकी डलरसहित यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं, १३ चैत्र । आज बुधबार अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम र दिनारको भाउ केही पैसा घटेको छ । कोरियन वन भने केही पैसा बढेको छ । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११० रुपैयाँ ४८ पैसा तोकेको छ ।
यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३० पैसा र बिक्रीदर २९ रुपैयाँ ४६ पैसा छ । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३५ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३० रुपैयाँ ०८ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ९९ पैसा र बिक्रीदर २७ रुपैयाँ १४ पैसा छ ।
null
यस्तै बुधबार कुवेती दिनार १ को खरिददर ३६२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ०९ पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ ४७ पैसा र बिक्रीदर २९३ रुपैयाँ ०६ पैसा छ । यस्तै, आज बुधबार कोरियन वनको भाउ केही पैसाले बढेको छ । कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७५ पैसा रहेको छ ।