चितवनमा दृष्टिविहीनहरुको हाजिरी जफाव

किशोर खनाल, भरतपुर । लिभ एण्ड लिड इन्टरनेशनल प्रालिले दृष्टिविहीनहरुको लागि राष्ट्रियस्तरको हाजिरीजवाफ प्रतियोगिता गर्ने भएको छ । जिल्लास्तरको दृष्टिविहीनहरुको हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भइसकेको छ । ‘दृष्टिविहीनहरुको हाजिरीजवाफ ५५ जिल्लामा गर्ने लक्ष्य छ, चितवनमा सम्पन्न भइसकेको छ’ लिभ एण्ड लिडका अध्यक्ष नवीन यादवले भने, ‘जिल्लाका विजयी टोलीबीच राष्ट्रियस्तरको हाजिरीजवाफ प्रतियोगिता काठमाडौँमा हुन्छ ।’

चितवनबाट दृष्टिविहीनहरुको हाजिरीजफावमा ४ जना छनौट भएका छन् । विजयी ४ जना दृष्टिविहीनलाई शुक्रबार सम्मान गरिएको छ । नारायणी माविका दृष्टिविहीन देवीसरा थापा मगर र रेखा चौधरी छनौट भए । त्यस्तै झुवानी माविबाट सुनिल थापा र सौरभ भट्ट छनौट भएका छन् । यहाँ भएको अडिसनमा २४ जना दृष्टिविहीन अथवा १२ वटा समूह सहभागी भएका थिए ।

‘छनौट भएका चितवनका दृष्टिविहीनहरु राष्ट्रियस्तरको हाजिरीजवाफ प्रतियोगितामा सहभागी हुने छन्’ अध्यक्ष यादवले भने, ‘यस्तो कार्यक्रम नेपालको इतिहासमा पहिलो हो ।’ दृष्टिविहीनहरुमा पनि अद्भूत क्षमता हुन्छ भन्ने सकारात्मक सन्देश दिन यस्तो कार्यक्रम आयोजना गरिएको उनले बताए ।

यस विषयमा जानकारी दिन शुक्रबार गरिएको कार्यक्रममा चितवनका ट्राफिक प्रमुख सन्तोष पन्त, नारायणी नमुना माविका प्रधानाध्यापक पूर्णप्रसाद दवाडी, आँखा अस्पतालका असिष्टेन्ट म्यानेजर छायाँ श्रेष्ठ, नारायणी मोटर्सका सञ्चालक बालगोपाल चुके, रोटरी क्लब अफ नारायणी मिड टाउनका सुरेन्द्र पाण्डे, सामाजिक अभियन्ता अनिल अधिकारी, पिजन एजुकेशनका सञ्चालक राजेन्द्र श्रेष्ठ, उद्योग वाणिज्य संघ चितवनकी प्रतिनिधि मुना गुरुङलगायतले मन्तव्य दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *