मिनि ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु

चैत ९, काठमाडौं । काभ्रेको बनेपामा मिनि ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।   

बनेपा नगरपालिका-१३ मा बा ५ ख २३९० नम्बरको मिनि ट्रकले बा ५७ प ७२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु भएको हो । ठक्करबाट उदयपुर रौतमाई गाउँपालिका-४ का ३५ वर्षीय मिनबहादुर श्रेष्ठ र ५ बर्षीय छोरा सुविन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार मिनबहादुरकी श्रीमती सुनिता श्रेष्ठको स्थानीय शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । बनेपाबाट साँगातर्फ जाँदै गरेको मिनि ट्रकले काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।   

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *