विराटनगरको होटलमा सम्धी सम्धिनीको मस्तीः २७ जोडी पक्राउ

भाद्र २, विराटनगर ।  विराटनगर महानगरपालिका क्षेत्रका आधा दर्जन होटलमा प्रहरीले छापा मार्दा  दुई होटल संचालक सहित २७ जोडीलाई पक्राउ गरेकाे छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका सादा पोशाकमा खटिएका प्रहरीले छापा मार्दा दुई होटल संचालक सहित २७ जोडीलाई पक्राउ गरिएको हो ।   

अनैतिक क्रियाकलापहरू बढेको  स्थानियले गुनासाे गरेपछी मोरङ प्रहरीले शुक्रबार दिउँसो प्रदेश १ को राजधानी रहेको विराटनगरका होटल र लजहरूमा छापा मारेको थियो ।   

Related image

पक्राउ परेका ती व्यक्तिहरुलाई एकचोटीको लागि सेचत गराएर छोडेको प्रहरीले जनाएको छ ।  होटलमा  शङ्कास्पद रूपमा बसेका २७ महिला र २९ पुरूष गरी ५६ जनालाई नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेम अधिकाश विवाहित, विद्यार्थी र एकजोडी नातागोता पर्ने रहेको प्रहरीले जनाएको छ ।   

प्रहरीले नियन्त्रणमा लिएको एक जोडी नातामा सम्धी–सम्धिनी रहेको खुल्न आएको छ । प्रहरीले उनीहरुलाई  नोबेल अस्पताल अगाडिको होटल एण्ड लजबाट पक्राउ गरेकाे हाे ।  

मोरङ प्रहरीले अनैतिक क्रियाकलाप बढेको स्थानियले गुनासाे गरेपछी यी होटल र लजमा  एकै दिन छापा मार्दा  यतिका धेरै संख्यामा उनीहरूलाइ पक्राउ गरिएकाे हाे ।   

पक्राउ परेका दुई होटल संचालकलाई भने होटलमा आउने ग्राहकको सम्पर्क नम्बर नराखेको भन्दै प्रहरीले पक्राउ गरिएको हो   

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *