नेपाल वायु सेवा निगम सुधार सुझाव कार्यदल गठनको घोषणा

 

साउन २२, काठमाडौं । नेपाल वायु सेवा निगममा सुधार ल्याउने गरी सुझाव दिन पाँच सदस्यीय कार्यदल गठन गरिएको छ । 

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले आज पत्रकार सम्मेलन गर्दै नेपाल वायु सेवा निगममा समग्र सुधार ल्याउने गरी आवश्यक सुझाव दिन पूर्व पर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा ५ सदस्यीय ‘नेपाल वायु सेवा निगम सुधार सुझाव कार्यदल’ गठन गरेको जानकारी दिए । 

null

गठित समितिका सदस्यहरुमा चार्टर एकाउन्टेन्ट प्रमोद कर्ण, व्यवस्थापन विज्ञ डिमप्रकाश पौडेल, विमान चालक सुधीर शमशेर राई र सदस्य सचिवको रुपमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् । 

नेपाली ध्वजावाहक विमानको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्ठान बढ्ने गरी एक महिनाभित्र सुझाव दिन सो कार्यदल गठन गरिएको मन्त्री भट्टराईले पत्रकार सम्मेलनमा बताए । 

मन्त्री भट्टराईले सो निगमको सुधारका लागि आफूले पटक–पटक व्यवस्थापनसँग आवश्यक छलफल गरिरहेको बताउँदै निगमका पदाधिकारीहरुसँग आफूले विजनेश प्लानको विषयमा पनि छलफल गरिरहेको बताए । 

मन्त्री भट्टराईको निगमलाई गर्व गर्न लायक बनाउने प्रतिवद्धता पनि थियो । उनले अब छिट्टै चीन र दक्षिण कोरियामा पनि नेपालले हवाई सेवा सञ्चालन गर्ने योजना बनाएको जनाए । निजगढ अन्तराष्ट्रिय विमानस्थलको शिलान्यास चालू आर्थिक वर्षभित्र सुरु गर्ने मन्त्री भट्टराईको घोषणा थियो । 

रविन्द्र अधिकारीको असमायिक निधनपछि करिव ५ महिना नेतृत्व विहीन बन्न पुगेको मन्त्रालयको जिम्मेवारी सम्हालेका भट्टराईले सात दिनका अधिकांश समय नेपाल वायु सेवा निगमको समस्या र समाधानका उपायबारे केन्द्रित रहेको समेत बताए । उनले गाउँमा भरुवा बन्दुक लिएर धेरै डुलेको जस्तो होइन, अब निसाना बनाएर हान्ने समय आएको बताउँदै निगममाथि हालसम्म भएका सबै अध्ययनको निष्कर्ष निकालेर अघि बढ्नुको विकल्प नरहेको समेत जिकिर गरे । 

पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नेपाललाई ‘हवाई सुरक्षा सूची’ सूचीमा राखेको आधारमा सन् २०१३ देखि युरोपेली आयोगले लगाएको प्रतिबन्ध छिट्टै हट्ने र नेपाली झण्डा फहराउने समेत बताए । 

उनले बहुचर्चित लुम्बिनी विकास बोर्डको बैठक बिहीबार डाकेको र त्यसबाट लुम्बिनीलाई आगामी भ्रमण वर्षमा कसरी जोड्न सकिन्छ भन्नेमा छलफल गर्ने समेत बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *