वरिष्ठतम न्यायाधीशको वरीयताबाट जोशीलाई हटाएर दीपककुमार कार्कीलाई ल्याइयो

न्यायपरिषद्ले न्यायाधीश दीपकराज जोशीलाई भूमिकाविहीन बनाएको छ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षतामा बसेको परिषद् बैठकले जोशीलाई वरिष्ठतम न्यायाधीशको वरीयताबाट हटाएर दीपककुमार कार्कीलाई ल्याएको छ ।  

सर्वोच्चको १ नम्बर चेम्बरको इलजासमा बस्थे । बुधबार पदभार ग्रहणसँगै घोषणा गरेअनुसार प्रधानन्यायाधीश राणाले जोशीलाई इजलास पनि तोकेका छैनन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।  

बिहीबारको न्यायपरिषद् बैठकले जोशीलाई संवैधानिक इजलासमा समेत राखेन । सर्वोच्चका पाँच वरिष्ठ न्यायाधीशको संवैधानिक इजलास पुनर्गठन गर्दै प्रधानन्यायाधीश राणा, न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीलाई राखिएको छ । राजीनामा दिएर बाटो खुला गर्न बुधबारै सचेत गराएका राणाले जोशीलाई अदालतबाट निस्किन दबाब पैदा गरिदिएका छन् ।  

null

यसअघि संसदीय सुनुवाइबाट प्रस्तावित प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि पनि वरिष्ठतम न्यायाधीशको भूमिकामा जोशीले निरन्तर मुद्दा हेर्दै आइरहेका थिए ।  

प्रधानन्यायाधीश राणाले संसदीय सुनुवाइ समितिमा जनाएको प्रतिबद्धताअनुसार अदालतभित्रको बेथितिको सूक्ष्म अनुमगन सुरु भएको छ । ललितपुर जिल्ला अदालतबाट यस्तो अनुगमन सुरु भएको हो । न्यायपरिषद्को उच्चस्तरीय अनुगमन तथा निगरानी समितिले बिहीबार ललितपुर जिल्ला अदालत पुगेर छड्के अनुगमन गरेको हो । न्यायपरिषद्का सचिव नृपध्वज निरौलाको नेतृत्वमा गएको टोलीले छड्को जाँच गरेको हो । 

अनुगमनपछि न्यायाधीश, कर्मचारी, कानुन व्यवसायी, सेवाग्राहीसँग कुराकानी तथा सोधपुछ गरेका थिए । अनुगमन समितिले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा निगरानीलाई निरन्तरता दिने जनाएको छ । अनुगमन टोलीका प्रतिनिधिले विभिन्न वेशभूषा बदलेर कर्मचारी र न्यायाधीशको सूक्ष्म अनुगमन गर्ने न्यायपरिषद्ले बताएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *