जम्मू–कश्मीर विवादः पाकिस्तानी टेलिभिजनले ईदका कार्यक्रम प्रशारण नगर्ने

 

साउन २६, इस्लामावाद । पाकिस्तानका टेलिभिजन च्यानलहरुले ईद पर्वलाई लक्षित गरेर तयार पारिएका कार्यक्रमहरु प्रशारण नगर्ने भएका छन् । भारतले जम्मु काश्मीरलाई दिइएको विशेष राज्यको दर्जा खारेज गरेको विरोधमा पाकिस्तानी टेलिभिजन च्यानलहरुले यस्तो गर्न लागेका हुन् । 

पाकिस्तानी मिडिया नियामक प्राधिकरणले सञ्चार माध्यमहरुलाई ईद–उल–अजहामा पहिले नै रेकर्ड गरिएका कार्यक्रमसँगै विशेष कार्यक्रमहरुको लाइभ प्रसारण नगर्न निर्देशन दिएको छ । 

null

सञ्चार माध्यमहरुलाई दिइएको निर्देशनमा भनिएको छ, ‘काश्मीरका साथ एकता जनाउनका लागि ईद–उल–अजहालाई धार्मिक पर्वका रूपमा सादगीका साथ मनाइन गइरहेको छ । यसकारण ईदको खुशियालीका रुपमा विशेष कार्यक्रम (रेकर्डेड वा लाइभ) प्रशारण नहोउन् । यस्ता कार्यक्रम प्रशारणले हाम्रो राष्ट्रलाई मात्रै नभएर काश्मीरी भाइहरुको भावनामा चोट पुग्न सक्छ ।’ 

समाचारपत्र ‘पाकिस्तान टुडे’ का अनुसार सूचनामा पाकिस्तानको स्वतन्त्रता दिवस १४ अगस्तमा बहादुर काश्मीरीहरुका साथ एकता जनाउँदै मनाइने उल्लेख छ । नियामक प्राधिकरणले भारतको स्वतन्त्रता दिवस १५ अगस्तलाई ‘कालो दिवस’ का रूपमा मनाइने र राष्ट्रिय झण्डा आधा झुकाइने पनि बताएको छ । 

सूचनामा १५ अगष्टका दिन टिभी च्यानलहरुलाई आ–आफ्नो लोगोलाई श्यामश्वैत (ब्ल्याक एण्ड व्हाइट) गर्न भनिएको छ । इलेक्ट्रोनिक मिडिया नियामकले ८ अगस्टमा समाचार च्यानलहरुलाई कुनै पनि ‘टिप्पणी’ र ‘विश्लेषण’ का लागि आफ्नो ‘टक शो’ भारतीय सेलिब्रेटी, राजनेता, पत्रकार र विश्लेषकहरुलाई आमन्त्रण नगर्न निर्देशन दिएको थियो । –नवभारत टाइम्स 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *