धरानमा एयरपोर्ट बन्ने सपना मात्रै, जग्गाकाे मूल्य करोडौँ पुग्यो

 

असार ११, धरान । १६ वर्षअघि २०६० सालमा धरानमा एयरपोर्ट बनाउने शर्तमा धरान वडा नम्बर १७ मा खरिद गरिएको जग्गाको मुल्य अहिले हजारौँ गुणा बढेको छ । 

डेढ दशक लामो अवधिमा पनि धरानमा एयरपोर्ट बन्ने–नबन्ने टुंगो लागेको छैन । यो अनिश्चितासँगै त्यस बेला एयरपोर्टका लागि भनेर हवाई जहाज कम्पनी यती इन्कर्पोरेट लाई जग्गा बिक्री गर्नेहरु उसै बेलाको शर्त अनुसार जग्गा फिर्ता गर्नुपर्ने माग गर्न थालेका छन् । 

null

त्यस बेला प्रति कठ्ठा २८ हजार रुपैयाँमा मात्र बिक्री गरेको जग्गाको मूल्य अहिले करोडौँमा पुगेकाले पनि उनीहरुलाई अब एयरपोर्ट भन्दा जग्गा मुल्यवान लाग्ने स्थिति पैदा भएको हो । 

उता जग्गा खरिदकर्ता यति इन्कर्पोरेटले प्रारम्भमा एयरपोर्ट बनाउने स्विकृती लिने प्रयास गरेतापनि त्यस बेलासम्म तत्कालिन सरकार नीति निजी क्षेत्रलाई एयरपार्ट बनाउन नदिने बनिसकेको थियो । तर कम्पनीले एयरपोर्ट बनाउन नपाउने स्पष्ट भइसक्दा पनि यति इन्कर्पोरेटले जग्गा दाताहरुसँग गरेको शर्त अनुसार जग्गा फिर्ता गर्न नै आवश्यक ठानेन । 

व्यवसायीहरु एकातर्फको लगानीले मुनाफा नदिने निश्चित भए सोही लगानीबाट कसरी नाफा कमाउन सकिन्छ भन्ने उपायको खोजिमा हुनु अस्वभाविक होइन । एयरपोर्टको नाममा गरेको लगानीको मुनाफा त्यही जग्गाबाट असुल्ने उद्देश्य राखेरै हुनसक्छ यति इन्कर्पोरेटले निजी क्षेत्रले एयरपोर्ट बनाउन नपाउने बुझेर पनि दशकसम्म जग्गा फिर्ता नगरेर चुपचाप बसेको । 

यसैबीच धरानमा एयरपोर्ट बनाउने अभियान शुरु भयो । त्यसमा सबै भन्दा महत्वपूर्ण कुरा आवश्यक जग्गा सित्तैमा उड्डयन प्राधिकरणको नाममा रजिष्ट्रशन पास गर्नुपर्ने शर्त आयो । यति इन्कर्पोरेटको जग्गाले मात्र नपुग्ने, थप जग्गा चाहिने भन्दै धेरै पहल र जग्गाका कुराहरु भए । तर यतिको जग्गा समेत प्राधिकरणको नाममा अहिले सम्म हस्तान्तरण भएको छैन । न त सरकारले प्राधिकरणका लागि अधिग्रहण गर्ने प्रकृया नै अघि बढाएको छ । 

यसबीचको १६ वर्षको अवधिमा २८ हजार रुपैयाँ कट्ठामा खरिद गरिएको जग्गाको मुल्य अहिले प्रतिधुर नै २ लाख सम्म पुगेको छ । दुई महिनाअघि मात्र एयरपोर्ट छेउकै जग्गाको किनबेच प्रतिधुर डेढ लाख रुपैयाँमा भएको एक व्यवसायीले बताए । मुल्य वृद्धिको कारण यति इन्कर्पोरेटले जग्गा सरकारलाई बिक्री गर्ने र दातालाई फिर्ता गर्ने देखिन्नँ । 

हालसालै एयरपोर्टको लागि तत्कालीन जग्गा खरिद गर्दा जुन भाउमा लिइएको हो, एयरपोर्ट नबने सोही मुल्यमा जग्गा धनीलाई नै फिर्ता गर्ने निर्णय गरेको माईन्युट तथा लिखित कागजपत्र फेला परेको छ । 

विक्रम सम्वत् २०६० साल चैत्र १० गते तत्कालीन धरान नगर प्रमुख कुमार कार्कीको कार्यकालमा निर्णय गर्दा धरान वडा १७ को जग्गालाई दुई श्रेणीमा विभाजन गर्ने निर्णय गरेको छ । 

धरान १७ साबिक २ ख को हवाई मैदानको लागि क र ख श्रेणिमा राखेर मुल्य निर्धारण गर्ने लिखित निर्णय गरिएको लिखित कागजमा छ । क श्रेणीको जग्गालाई प्रतिकठ्ठा २८ हजार र ख श्रेणीको जग्गालाई ३२ हजार प्रती कठ्ठामा मूल्य निर्धारण गर्ने निर्णय गरिएको छ । 

प्रस्ताव नम्बर २ मा सो जग्गा खरिद गर्ने र हवाइ मैदान नबनेको अवस्थामा सम्बन्धित जग्गा धनीलाई साबिककै मुल्यमा फिर्ता गर्ने निर्णय गरेको पाइएको छ । उक्त कागज गर्न बसेको बैठकको विविध प्रस्तावको क मा हाल बिक्री गर्नेहरुले कारणबस योजना असफल भएमा साबिक जग्गा धनीले बिक्री गरेकै मुल्यमा स्वतः खरिद गर्न पाउने समेत निर्णय गरिएको छ । 

निर्णय अनुसार (क) श्रेणीमा पर्ने साविक घोपा २ (ख) का किता नम्बरहरु ३९, ४०, ४१, ४२, ४३, ४४, ४५, ४६, ४७, ४८, ४९, ५०, ५१, ५२, ५३, ५४, ५५, ५६, ५७, ५८, ५९, ६०, ६१, ६२ र ६३ छन् । त्यसैगरी ९ (ख) श्रेणीमा पर्ने कित्ता नम्बरहरु २७, २८, ३०, ३१, ३३, ३६, ३७, ३८ रहेका छन् । उपरोक्त जग्गालाई यति कर्पोरेटलाई बिक्री गर्ने निर्णय गरिएको थियो । 

पछिल्लो समयमा स्थानीय चुनावपछि जनप्रतिनिधि निर्वाचित भएको अवस्थामा धरान उप– महानगरपालिकाले गरेको पहलको परिणाम समेत केही नदेखिएकोले करिब करिब धरानमा हवाई मैदान नबन्ने निश्चित भइसकेको मानिन थालिएको छ । 

धरान १७ मा रहेका जग्गा धनीले हवाई मैदान नबन्ने भए जग्गा फिर्ता हुनुपर्छ भनेर आवाज उठाउँदै आएका छन । तर यति कर्पोरेटले सो जग्गा फिर्ता गर्ने चासो देखाएको छैन भने हवाई मैदान बन्ने नबन्ने सार्वजनिक नगरी गुपचुपमा राखिएको छ । 

हालै सार्वजनिक भएको यति इन्कर्पोरेटका आधिकारीक प्रतिनिधि र जग्गावालहरुको उपस्थितिमा भएको लिखित कागजको उतर यस्तो छ – 

मिति २०६० साल चैत्र १० गतेका दिन धरान नगरपालिका कार्यालयको लर्निङ सेन्टर भवनमा नगर प्रमुख कुमार बहादुर कार्कीको संयोजकत्वमा यति इन्करपोरट प्रा।लि।का प्रतिनिधि अशोक अग्रवाल तथा अन्य गन्यमान्य विशिष्ट व्यक्तिहरुको उपस्थितिमा सम्बन्धित जग्गा धनीहरुबीच यति इन्करपोरेट प्रा।लिको हवाई मैदानको लागि जग्गा बिक्री गर्ने सम्बन्धमा तपसिल विषयहरुमा बृहत छलफल गरी निम्न लिखित निर्णयहरु पारित गरियो । 

उपस्थितिः धरान नगर प्रमुख कुमार बहादुर कार्की, नगर उपप्रमुख मिन कुमार सुब्बा, भूपू नगरप्रमुख मनोजकुमार मेयाङ्गवो, यति इन्करपोरेट प्रा।लि।का प्रतिनिधि अशोक अग्रवाल, धरान १७ बासीहरु धनबहादुर विष्ट, नारायण केसी, मनीकुमार राई, बुद्धिराज राई बालकुमार राई, डम्बरकुमार श्रेष्ठ, डम्बरे चुहान, हेम नारायण श्रेष्ठ, नरेश श्रेष्ठ, विजय राई, भोजराज कटुवाल, सूर्यनारायण श्रेष्ठ, इन्द्रप्रसाद खनाल, चन्द्रबहादुर कटुवाल, राजेन्द्र श्रेष्ठ, रेणुका शाक्य, कुमार श्रेष्ठ, गंगा श्रेष्ठ, उद्धव राई रहेका छन् । बैठकको प्रस्ताव र निर्णयहरुमा जग्गाको वर्गीकरण सम्बन्धी विषयमा यति इन्करपोरेट प्रा।लिले खरिद गर्न चाहेको हाल धरान १७ साविक घोपा २ ख को हवाई मैदानको लागि आवश्यक पर्ने जति जग्गालाई क र ख गरी दुई श्रेणीमा विभाजन गरी मुल्य निर्धारण गर्ने सहमती भएको छ । जग्गाको मूल्यांकन सम्बन्धमा माथि गरिएको श्रेणी विभाजन जग्गाको मूल्य क्रमश ख श्रेणीको लागि प्रति कठठा २८ हजार र क श्रेणीका लागि प्रति कठठा ३२ हजार मूल्य निर्धारण गरेको निर्णयमा उल्लेख छ । त्यस्तै प्रस्ताव ३ मा जग्गाधनीहरु लाई रोजगार सम्बन्धी प्राथमिकताका सम्बन्धमा यति इन्करपोरेट लाई जग्गा विक्री गरी सकेपछि निर्माण लगायतका सम्पूर्ण काम गर्नको लागि आवश्यक पर्ने जनशक्ति सकेसम्म जग्गा बिक्री गर्नेहरु मध्येबाट प्राथमिकताको आधारमा कम्पनीले रोजगार दिलाउने निर्णय गरेको छ । 

अर्को निर्णयमा जग्गा बिक्री गर्नेहरुले कारणबस योजना असफल भएको खण्डम साविक जग्गाधनीले बिक्री गरेकै मूल्यमा स्वतः खरिद गर्न पाउने निर्णय भएको छ । वर्गीकरण गरिएको क श्रेणीमा पर्ने घोपा २ खका जग्गाहरुमा कित्ता नंहरु ३९, ४०, ४१, ४२, ४३, ४४, ४५, ४६, ४७, ४८, ४९, ५०, ६०, ६१, ६२, ६३ रहेका छन् भने ख श्रेणीमा पर्ने जग्गाहरुमा कित्ता २७, २८, ३०, ३१, ३३, ३६, ३७, ३८ रहेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *