धरानमा भोलीबाट मुख्यमन्त्री कप फाइनल चरणका खेल हुने
असार २४, काठमाडाैँ । मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता–२०७६ को फाइनल चरणका खेलहरु भोली शुक्रबारबाट धरानमा हुने भएको छ ।
प्रतियोगिताका संयोजक तथा अखिल नेपाल फुटबल संघका प्रवक्ता किरण राईले आज धरानको प्रादेशिक प्रस्तावित रंगशालामा पत्रकार सम्मेलन गरी वर्षाका कारण विराटनगरको शहिद रङ्गशाला डुबानमा परेपछि खेल स्थल धरानमा सार्नु परेको जानकारी दिए ।
null
राईले सम्मेलनमा मिडियमा बिभिन्न किसिमका सामाचारहरु आईरहेको प्रति आफनो ध्यानकर्षण समेत भएको भन्दै सामाचार सम्प्रेसन गर्न सबैमा आग्रह पनि गरे । उनले आफनो जिन्दगीको लामो समयसम्म खेल क्षेत्रलाई नै दिएकोले खेलकै विकासका निम्ती नै आफु पनि लागेको बताए ।
उनले सकेसम्म कमी कमजोरीहरुलाई सुधार गरेर जाने नै आफनो प्रयास रहने समेत बतारए । उनले मोफसलको क्लबलाई व्यवसायिक बनाउन र खेलाडीले खेलेर जीवनयापन गर्न रोजगारी प्राप्त होस् भन्ने उद्देश्यले प्रतियोगिताकोे आयोजना गरिएको बताए ।
राईले खेलको आयोजनाका लागि प्रदेश नं. १ सरकारले एक करोड तथा अखिल नेपाल फुटबल सङ्घबाट ३३ लाख प्राप्त भएको पनि बताए । लिग कम नकआउट अर्न्तगत हुने खेलमा ‘क’ समूहमा धरान फुटबल क्लब सुनसरी, बौद्धिक विकास समाज समिति धनकुटा, बेलबारी फुटबल क्लब मोरङ छन् भने ‘ख’ समूहमा सैनिक युथ क्लब झापा, बाक्सिला फुटबल क्लब खोटाङ र रेडहर्स क्लब इलाम रहेका छन् ।
धरानमा यही असार २७ गतेदेखि ३१ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ भने भोलि बिहान ८ बजेको खेल धरान फुटवल क्लब सुनसरी बिरुद्ध बौद्धिक विकास समाज समिति धनकुटाबीच धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा र दिउँसो ४ बजेको खेल सैनिक युथ क्लब झापा बिरुद्ध बाक्सिला फुटबल क्लब खोटाङ बीच धरान १६ स्थित रंगशालामा हुनेछ ।
प्रतियोगितामा पुरस्कार तर्फ २० लाख रकम छुट्याइएको छ भने प्रतियोगिता सम्पन्न गर्न एक करोड ३३ लाख खर्च हुने अनुमान आयोजकको रहेको छ ।
खेलको पहिलो चरण अन्तर्गत लिगमा प्रदेशका १४ जिल्लाको फुटबल टोलीबीच प्रतिस्प्रर्धा भई ६ टोली फाइनल प्रतियोगितामा प्रवेश गरेका हुन ।