नेता स्मृति इरानी सुरेन्द्रकाे शवलाई काँध राखी घाट पुगिन्

 

जेठ १३,भारत । हिन्दु रितिरिवाजलाई हेर्ने हो भने महिला न त घाट जान पाउँछन् न नै अरथीलाई काँध नै दिन सक्छन् । घरकी एक्ली छोरी नै किन नहोस्, महिलालाई सकेसम्म यस्तो गर्न दिइँदैन । तर भारतीय जनता पार्टीकी नेता स्मृति इरानीले यो परम्परा तोड्दै सुरेन्द्र कुमारको शवलाई काँधमात्र दिइनन् उनको खुट्टा छोएर अन्तिम विदाई पनि दिइन् । 

सुरेन्द्र सिंहलाई स्मृति इरानीको निकट मानिन्छ । सन् २०१९ मा लोकसभा चुनावमा उनको मुख्य भूमिका रह्यो । उनले स्मृतिको चुनाव प्रचारमा पनि निकै योगदान गरेका थिए । जसले फाइदासमेत पुर्यायो । 

null

कहिले र कसरी भयो मृत्युः 

अमेठीबाटै स्मृतिले भारी मतसहित जीत हासिल गरिन् र यहाँको बरौलिया गाउँमा सुरेन्द्र सिंह पूर्व प्रधान थिए । आइतबार अर्थात् २६ मे बिहान करिब ३ बजे घरमा सुतिरहेका बेला उनको गोली हानी हत्या गरियो । उनलाई ट्रमा सेन्टर लैजादैं गर्दै बाटोमा नै मृत्यु भयो । 

सुरेन्द्रका छोरा अभयले हमलाकर्ता नदेखेपनि कांग्रेसमाथि शंका भएको बताए । उनले भने, ‘मेरा पिता भाजपा नेता स्मृति इरानीका निकट थिए । उनले चुनाव प्रचारमा पनि अत्यधिक मेहनत गरेका थिए । गाउँमा पनि उनको निकै प्रभाव थियो ।’ 

#WATCH BJP MP from Amethi, Smriti Irani lends a shoulder to mortal remains of Surendra Singh, ex-village head of Barauli, Amethi, who was shot dead last night. pic.twitter.com/jQWV9s2ZwY 

उनका छोराका अनुसार जितपछि अमेठीमा एक विजय यात्रा निकालिएको थियो । सायद यो कुरा कांग्रेस पार्टीका केही समर्थकलाई मन परेन त्यसकारण बुवाको हत्या गरिदिए । उनले भने, ‘हामीलाई केही मानिसमाथि शंका छ ।’ 

उत्तर प्रदेशको डिजीपी ओपी सिंहले सात संदिग्धलाई हिरासतमा लिइएको जानकारी दिए । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *