तिहार अगावै मादल र टोपीको बिक्री बढ्यो

कात्तिक, १७ सुनसरी । साँस्कृतिक कार्यक्रम भनेपछि हुरुक्कै हुने सुनसरीको सुन्दर नगरी धरानका युवाहरू गिटारको सुर   तालमा नाच्ने गर्छन् भने काधमा गिटारको डोरी झुन्डाई  पिठीयुमा गीटार बोकेर हिड्ने मोह छदैँ छ ।   

धरानेहरु गीत संगीत,आधुनिक बाद्यवाधन,फेसन,खानपानमा सोखिन भएर रमाउने गर्छन। यी र यस्ता कुराहरु हुँदाहुँदै पनि धरानेहरु भने नेपाली साँस्कृतिक बाजा लोप हुन्छ कि भन्ने सोचमा पनि लागेकै छन । साँस्कृतिक बाजा जोगाउन धरानका मात्र नभई पुर्वी नेपालका सर्बसाधारणहरु पनि लाग्ने गर्दछन् । त्यसमा पनि चाडपर्बको त कुरै बेग्लै हुन्छ । तिहार अगावै मादलको बिक्री बढ्नुले पनि धराने साँस्कृतिक बाजा जोगाउन लागेको सङ्केतका रुपमा यस्तो क्रियाकलापलाई लिन सकिन्छ । 

 

null

धरान २ स्थित छाताचौक स्थित रहेको रक ग्यारेज पसलका सञ्चालक चमन भाई भनिने (चमन चौधरी ) नेपाली साँस्कृतिक  लाई पुर्वी  जनताहरुले माया गर्दा नै आज तिहार अगाबै  बाद्ययबाधनका साथै मादल बिक्रि हुने गरेको बताए । उनले दैनिक रुपमा ८ देखी १० वटासम्म मादल बिक्री गर्नै गरेको बताए । जुन मादल २५ सय देखी ३ हजार सम्मा बिक्रि हुने गर्दछ । उनको पसलमा पुर्वी नेपालको धनकुटा,हिले,खादवारी,बसन्तपुर,सुनसरीको ईटहरी,उदयपुरको बेल्टार,गाईघाट सम्मको ब्यक्तिहरु मादल किनन आउने गरेको चौधरीले सुनाए । आधुनिक सहरिया कलाकार जो इलोक्ट्रोनिक किबोर्ड र डिजिटल साउन्ड सिस्टमसँग खेल्नेहरूले पनि मादलको खोजी गर्दै आउने गरेको व्यवसायीको भनाइ छ ।  

७ बर्ष अघिबाट सुरुवात गरेको चौधरीको सो पसलमा हाल मादल,गीटार,ड्रम सेट,बासुरी लगायतका बाद्ययबाधक सामग्री बिक्रि हुदै आएको छ । उता धरान देशीलाइन स्थित बुढासुब्बा सुब्बेनी खुकुरी पसलका सञ्चालक समेत रहनुभएका लेखनाथ भट्टराई तिहार अगावै मादल बिक्री बढेको बताउछन् । 

‘हप्तादिन देखि नै मादलको बिक्री बढेको छ’, उनले भने, ‘अहिलेसम्म मदलको बिक्री राम्रै हुदैछ ।’उनले तिहारमा मादलको बिक्री फस्टाउने गरेको बताए ।लामो समयदेखि खुकुरीको व्यापार गर्दै आएका उनी मादल पनि बिक्री गर्न राख्छन् । १५ सयदेखि ५ हजारसम्ममा मादलको ताल, साइज हेरेर बिक्री हुने गरेको उनको भनाइ छ । 

‘तिहार नै हो राम्रो सिजन, कहिले धेरै बिक्छ र कहिले बिक्दैन ।’ उनले भने । तिहारमा मादलको माग बढी हुने र यतिखेर भ्याइनभ्याइ रहने गरेको उनले बताए ।राम्रो बिक्री हुदा मादलबाट पनि राम्रो आम्दानी हुने गरेको छ । खासगरी धरानमै पनि मादल बिक्री बढी हुने गरेको उनको भनाइ छ ।देउँसी भैलो खेल्ने सांस्कृतिक टोलीहरूले मादल किन्ने गरेको उनको भनाइ छ । धरानमा आधा दर्जन व्यवसायीहरूले मादल बेच्ने गरेका छन् । 

‘नेपालीपन दिने कलाकारहरूले मादल बजाउने गर्दछन’, भने, ‘तिहारका बेला नाच्दै गाउदै साँस्कृतिक कार्यक्रम गर्ने समूहले मादल लाने गरेका छन् ।’मादल विभिन्न प्रकारका हुन्छन् । मादल बनाउन काठ, खरी, बाख्राको छाला, किटको आवश्यकता पर्दछ । यति मात्रै होईन चाडपर्ब त्यसमा पनि तिहार लागेकै बेला सुनसीको धररानमा ढाका टोपीको व्यापार पनि खुबै हुन्छ तिहालर लाग्यो कि ब्यापार ह्वातै बढ्छ । 

 

तिहार भित्रिएसँगै भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई शिरमा लगाइदिने टोपी खरिदका लागि आउने गर्दछन् ।तिहारमा चेलीले माइतीलाई यस्तो टोपी लगाउने चलन छ । उपहार दिने चलन बढ्दै गएपछि धरानका बजारहरूमा ढाका कपडाको माग समेत बढने गरेको छ । धरान जिएस मार्केटभित्र रहेको सुनसरी ढाका टोपी सेन्टरका सञ्चालक रमेश श्रेष्ठका अनुसार अन्य समय भन्दा तिहारको समयमा ढाका टोपीको बिक्री दोब्बर बढेको बताउछन् ।संखुवासभा, भोजपुर, धनकुटा लगायतका स्थानदेखि पुर्वका झापासम्मकाले टोपी किन्ने र हामीले पुर्याउने गरेका छौ उनले भने । 

उनका अनुसार यो होलसेल पसल  हो । ‘अन्य समयको तुलनामा तिहारमा बिक्री दोब्बर हुन्छ’, श्रेष्ठले भने, ‘पाल्पाली, झापाली साथै ढाकाटोपी बढी बिक्री हुन्छ ।’तिहार आसपासमा मात्र आफूले १ हजारभन्दा बढी बिक्री गरेको उनको भनाई छ । तिहारको आगमनसँगै बजारमा टोपी र कपडाको माग यति धेरै बढेको छ कि ब्यापारीलाई धान्नै मुस्किल हुन्छ । 

बजारमा ढाकाको टोपी, साडी, कुर्ता सुरुवाल, पछ्यौरा, चौबन्दी चोलो, रुमाल, टप्स, स्काफ, टाई, पर्स, दौरा सुरुवाल कोट लगायत सामग्री लोकप्रिय बनेको उनको भनाइ छ । यस्ता साम्रगी किन्न बाहिरी जिल्लाबाट समेत व्यापारीहरू आइपुगेका हुन्छन् । विदेशी पोशाकले बजार ओगटिरहेका बेला नेपालको सांस्कृतिक महत्व समेत हराउँदै गएको तर पुर्खादेखि नै लगाउँदै आएको टोपीको माग अझै नहराएको व्यवसायीको भनाइ छ । माइती र चेलीको सम्बन्ध प्रगाढ बनाउने पर्वको रूपमा रहेको तिहारमा दिदीबहिनीले दाजुभाइलाई उपहारस्वरुप टोपी लगाइ दिने प्रचलन बढेकाले पनि दशैं–तिहार लगायतका चाडपर्वमा प्राय टोपीको बिक्री बढी हुने गर्छ ।यसले गर्दा दाजुभाइको शिर उच्च र अटल रही रहोस् भन्ने मान्यता बोकेको पाइन्छ। पछिल्लो समय टोपी लगाउने संस्कार घट्दै गए पनि तिहारको समयमा भने अत्याधिक टोपी बिक्री भइरहेको धरानका स्तानीय ब्यापारीहरुको भनाई छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *