रिलेशनसिपको पीडा सुनाउँदै ‘उतरन’की टीनाले भनिन्, ‘साथीको अगाडी पनि उसले..’
माघ ३, काठमाडौँ । टीभीकी चर्चिच अभिनेत्री टीना दत्ता सिरियल ‘उतरन’ मा इच्छाको नामबाट परिचित छिन् ।
यस समय टीना टीभी सिरियल ‘डायन’ मा देखिन थालेकी छिन् । टीना एक पढेलेखेकी सक्षम युवती हुन्, जो अभिनय पनि एकदमै शानदार गर्छिन् ।
null
अभिनयको जीवनमा खुशी देखिएपनि वास्तविक जीवनमा सबैलाई खुशी पक्कै मिल्दैन । टीनाको पनि वास्तविक जीवन यस्तै पीडादायी थियो । टीनाले आफ्नो वास्तविकता बताएकी छिन्, जुन सुनेर उनका फ्यानहरु निकै दुखी हुनेछन् ।
अभिनेत्री टीनाले आफ्नो रिलेशनसिपको बारेमा सुनाएकी छिन्, जुन एकदमै दुखदायी छ । टीनाले भनिन्, ‘म एक रिलेशनसिपमा थिएँ । त्यो व्यक्ति फिल्म इन्ड्रष्टिमा थिएन । हामी ५ वर्षसम्म एकसाथ थियौँ । हाम्रो भेट साधारण साथी मार्फत् भयो । उसले मलाई गलत शब्द प्रयोग गथ्र्यो र हरेक समय शारीरिक दुव्र्यवहार गथ्र्यो । त्यो बाहेक ऊ आफ्नो साथीको अगाडी पनि मलाई हात उठाउँथ्यो ।’
‘म त्यो रिलेशनसिपमा सबथोक सहन सक्थेँ । किनकी म उसलाई एकदमै प्रेम गर्थेँ । म उसको साथमा जीवन बिताउन चाहन्थेँ । तर पछि महशुस भयो कि ऊ सँगको सम्बन्धमा मलाई खुशी मिल्ने छैन’, टीनाले भनिन् ।
टीनाले आफू उक्त रिलेशनका साथ पब्लिकको बीचमा आउन नचाहेको बताइन् । ‘म ऊ सँग सार्वजनिक हुन चाहन्नथेँ तर अब मलाई यस बारेमा बोल्नु पर्छ जस्तो लागेको छ । असफल रिलेशनसिपपछि म आफ्नो जिन्दगीमा सेटल हुन चाहन्छु । म सधैँ प्रेम विवाह गर्न चाहन्थेँ तर सायद मेरो किस्मतमा अरु नै केही लेखिएको छ । म कुनै कलाकारसँग विवाह गर्न चाहन्नँ किनकि उनीहरुको असफल विवाह मैँले देखेकी छु ।’