मिस्टर मोरङको उपाधि प्रवित राजवंशीलाई
विराटनगर, असोज २९ । मिस्टर मोरङको उपाधी विराटनगरका २९ बर्षिय बडिबिल्डर प्रवित राजवंशीले जितेका छन् । मोरङ बडिबिल्डीङ एण्ड फिटनेश एशोसिएसनको आयोजनामा सोमबार विराटनगरमा सम्पन्न प्रतियोगितामा २८ प्रतिष्पर्धीलाई पछि पार्दै राजवंशीले उपाधी जितेका हुन् ।
६० केजी तौल समूहबाट बिजयीहँदै फाइनल राउण्डमा प्रवेश गरेका राजवंशीले ५५ केजी, ६५, ७० र ७५ केजीको तौल समूह जितेर फाइनलमा प्रवेश गरेका प्रतिस्पर्धीलाई पछिपार्दै पहिलो उपाधि जित्न सफल भएका हुन् । उपाधिसंगै राजवंशीले ५१ हजार राशि र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन ।
यसैगरी प्रतियोगितामा विराटनगरकै मधुमाराका रबिनकुमार तामाङ दोश्रो र मोरङ पथरीका संजिव मगर तेश्रो भएका छन् । दोश्रो हुनेले नगद ३१ हजार र तेश्रो हुनेले २१ हजार सहित गिफ्ट ह्याम्पर प्राप्त गरेका छन । बिजेताहरुलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र मोरङ बडिबिल्डीङ एण्ड फिटनेश एशोसिएसनका अध्यक्ष अमलेश कर्णले उपाधि र पुरस्कार राशी हस्तान्तरण गरेका थिए ।
null