कामना सेवा विकास बैंकको ६२ औं शाखा कलंकीमा पनि

पुस १६, काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा बिस्तारको क्रममा काठमाडौं महानगरपालिकाको रिङरोड कलंकीमा पनि ६२ औं शाखाको शुभारम्भ गरेको छ । बैंकका अध्यक्ष सुदिप आचार्य, संचालक द्वय देव कृष्ण काफ्ले र संचालक विश्वेश्वर सुवेदी तथा का.मु. प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए । 

 

शुभारम्भ कार्यक्रम का.मु. प्रमुख कार्यकारी अधिकृतले बैंकले बिभिन्न शहर तथा ग्रामिण भेग लगायत उपत्यकाका अन्य व्यापारिक केन्द्रहरुमा समेत शाखा सञ्जाल बिस्तार गर्दै सरल तथा सहज बैंकिङ सेवा उपलब्ध गराउने बताएका थिए । 

null

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका बिभिन्न भागहरुमा ६२ वटा शाखा तथा १७ वटा ATM मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *