आज राष्ट्रिय बालदिवस, शुभकामना दिँदै प्रधानमन्त्रीले भने–अभिभावकविहीन बालबालिकाको अभिभावकत्व राज्यले लिन्छ

भदौ २९ काठमाडौँ । आज राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाईंदै छ । दिवसका अवसरमा आज देश भर विभिन्न कार्यक्रमको आयोजना गरिँदै छ । वि.स. २०४६ सालको प्रजातन्त्रको पुनस्थापनापछि गठित आन्तरिम सरकारले संयुक्त राष्ट्रसंघ बालअधिकार सम्बन्धी महासन्धि–१९८९ लाई सन् १९९० को १४ सेप्टेम्बरमा अनुमोदन गरेको दिन नै बालदिवसको रुपमा मनाउने घोषणा नेपाल सरकारले गरेको थियो । जसअनुसार अहिले हरेक वर्षको भदौ २९ गते यो दिवसलाई देशव्यापी रुपमा मनाउने गरिएको छ । 

यस वर्षको बाल दिवसको मूल नारा ‘सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार’ भन्ने रहेको छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाका विरुद्धमा हुने हिंसा, शोषण एवं दुव्र्यवहार कुनै पनि हालतमा सह्य नहुने बताएका छन् ।   

राष्ट्रिय बाल दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले अभिभावकविहीन बालबालिकाको अभिभावकत्व राज्यले लिने बताए ।   

null

प्रधानमन्त्रीले सन्देशमा कुनै पनि बालबालिकाले सडकमा जीवन गुजार्नु नपरोस् भन्ने उद्देश्यले सडक बालबालिकाको व्यवस्थापन, बालश्रम निमूर्लन र जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको जीवनमा परिवर्तन गर्न सरकारले विशेष पहल थालेको बताए ।   

उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य वार्षिक कार्यक्रम, अल्पअवधिको विषय वा कार्ययोजना मात्र होइन यो दीर्घकालीन राष्ट्रिय अभिष्ट भएको र यसलाई हासिल गर्न योग्य, सक्षम, सुशिक्षित, गुणवान नागरिक चाहिने बताए ।   

निरक्षरताविरुद्ध अभियान चलाउने क्रममा सरकारले बालअधिकारको पहिलो पाइलाको रूपमा आधारभूत तहको शिक्षा निःशुल्क गरेको बताउँदै उहाँले पढ्ने अवसरबाट कुनै पनि बालबालिका बञ्चित हुन नपरोस् भन्ने कुरामा सरकार सचेत रहेको उल्लेख गरे ।   

संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहारसहित सर्वाङ्गीण विकासको हक सुनिश्चित गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले तर बालबालिकाहरू आफैँ आफ्ना अधिकारको प्रयोग गर्न नसक्ने र त्यसका निम्ति परिवार, समाज र राज्यबाट पोषण, स्वास्थ र शिक्षाको उपयुक्त अवसर पाउनु उनीहरूको अधिकार रहेको बताए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *