रिना हत्या काण्ड प्रदेश संसदमाः सरकार गम्भिर नभएको विपक्षीको आरोप
वैशाख १२, विराटनगर । प्रदेश नं. १ को प्रमुख प्रतिपक्ष दलका सांसदले मोरङको पथरीमा केही दिनअघि भएको रिना बस्नेतको रहस्यमय मृत्युको घटनामा प्रदेश सरकार गम्भिर नभएको आरोप लगाएका छन् ।
प्रदेश नम्बर १ को बिहीबार बसेको बैठकमा प्रतिपक्षी दलका सांसदहरुले यस्तो आरोप लगाएका हुन् ।
null
कांग्रेसका सचेतक सुयर्माराज राईले पछिल्लो समय पथरी लगायत सो आसपासको क्षेत्रमा श्रृखलाबद्ध रुपमा अपराधका घटना बढेको भन्दै शान्ति सुरक्षा कायम गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराए । प्रदेश सभाको बैठकको विषेश समयमा बोल्दै सचेतक राईले पथरी, कानेपोखरी आसपासका क्षेत्रमा जनता अहिले निर्धक्क भएर हिँड्डुल गर्न नसकने अवस्था सृजना भएको सदन मार्फत् सरकारलाई जानकारी गराएका थिए ।
उनले पथरी र आसपासको क्षेत्रमा लास भेटिने तर प्रहरीले आत्मा हत्या र भवितव्य भन्दै पन्छने गरेको आरोप समेत लगाए ।
गत शुक्रबार पथरीमा भेटिएको रिना बस्नेतको लासपनि भवितव्य भन्दै प्रहरी पन्छन खोजेको तर्क गर्दैस्थानिय जनप्रतिनिधको प्रयासमा आन्दोलन ह दिनलाई रोकिकेएिको भएपनि प्रहरीले सत्य तथ्य बाहिर नल्याए झनै ठूलो आन्दोलन हुन सक्ने तर्फ प्रदेश सरकारलाई सचेत पनि गराए ।
त्यसैगरी इलाका प्रहरी कार्यालय पथरीमा प्रहरी नायव उपरिक्षकको दरबन्दी कायम गराउन पनि प्रदेश सरकारसँग माग गरिएको छ ।
प्रदेश सभा बैठकमा प्रदेश खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक सर्वसम्मतीले पारित भएको छ ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयले ल्याएको विधेयकमाथि सामाजिक विकास समितिमा दफावार छलफल भएको थियो । सामाजिक विकास मन्त्रि जिवन घिमिरेले विधयेक पारित गरियोस् भनि सदनमा प्रस्तुत गरेका थिए ।