कोरोना भाइरस संक्रमण : मृतकको संख्या ५ सय ६५ पुग्यो, २८ हजार बढि संक्रमित
मकालु खबर
२०७६ माघ २३ गते
माघ २३, एजेन्सी । चीनको बुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट बिहीबारसम्म ५ सय ६५ जनाको मृत्यु भएको छ । बिहीबार बिहानसम्ममा चीनमा ५ सय ६३ जनाको मृत्यु भएको त्यहाँस्थित राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ।
यसबाहेक कोरोना संक्रमणबाट फिलिपिन्स र हङकङमा एक एक जनाको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ६५ पुगेको हो ।
चीनमा मात्रै कोरोना भाइरसबाट संक्रमितको संख्या २८ हजार १८ पुगेको छ। चीन र अन्य २ दर्जन मुलुकमा गरी कोरोना संक्रमितको संख्या २८ हजार २ सय ६१ पुगेको छ।
बुधबार मात्रै चीनमा थप ३ हजार ६ सय ९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको चिनियाँ अधिकारीले जानकारी दिएका छन्। मंगलबार कोरोना भाइरसका कारण ६५ जनाको मृत्यु भएको थियो।
मकालु खबर
२०७६ माघ २३ गते
प्रतिक्रिया
सम्बन्धित