पाँचथर हत्‍याकाण्डबारे बुझ्न कांग्रेसले पठायो टोली

 

जेठ ८, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पाँचथरमा भएको सामूहिक हत्या प्रकरणबारे बुझ्नका लागि तीन सदस्यीय टोली त्यसतर्फ पठाएको छ । 

सोमबार राति पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा भएको दुई परिवारका नौ जनाको हत्या प्रकरणबारे बुझ्न कांग्रेसले प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङदम्बे र पाँचथर कांग्रेसका सभापति नरेन्द्र केरुङ लिम्बूलाई घटनास्थल पठाएको हो । 

null

बुधबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले तीनैजना नेताहरु बुधबार नै घटनास्थल पुगिसकेको जानकारी दिएको हो । 

आरुबोटे घटनाबारे गम्भीर रुपमा छानविन गर्न माग गर्दै कांग्रेसले शोक विह्वल बनेको सिंगो गाउँप्रति पार्टीका तर्फबाट संवेदना पनि प्रकट गरेको छ । 

सोमबार राति ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको थियो । 

उनीहरुको शव पोष्टमार्टमका लागि धरान ल्याइएको छ । काठमाडौंबाट गएको सीआईबीको विशेष टोलीले घटनास्थलको अनुगमन गरेर अनुसन्धान अघि बढाएपछि उठाइएका शव बुधबार पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको हो । 

१२ वर्षीया बालिका सीता भने भागेर बाँच्न सफल भएकी थिइन् । 

अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र प्रदेश १ प्रहरी कार्यालयबाट एसएसपी नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *