प्रदेश ५ सरकारलाई स्वयंसेवक कर्मचारी भर्ना गर्ने बाटो खुल्दै

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश ५ प्रदेश स्वयंसेवक परिचालन सम्बन्धी कार्यविधि स्वीकृत गरेपछि अब स्वयंसेवक कर्मचारी भर्ना गर्ने बाटो खुल्ने भएको हो। 

सरकार गठन भएको ८ महिनासम्म पनि संघले दरबन्दी अनुसारका कर्मचारी पठाएको छैन। संघले कर्मचारी नपठाएपछि स्वयंसेवक कर्मचारी भर्नाका लागि यो कार्यविधि महत्वपूर्ण मानिएको छ । 

स्वयंसेवक कर्मचारी भर्नाका लागि प्रदेश सरकारले २ करोड बजेट छुट्टाएको छ। उक्त बजेट सामाजिक विकास मन्त्रालय मार्फत खर्च गर्न सकिने कानुनी व्यवस्था छ। स्वयंसेवक परिचालन सम्बन्धी कार्यविधि स्वीकृत गर्न सामाजिक विकास मन्त्रालयबाट मन्त्रीपरिषद् बैठकमा पेश गरिएको थियो । 

null

खासगरी भौतिक पुर्वाधार विकास मन्त्रालयलाई प्राविधिक जनशक्तिको अभाव छ। मन्त्रालयलाई इन्जिनियर र ओभरसियर गरी १ सय ५० जना प्राविधिक जनशक्ति आवश्यक छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *